भारतमा प्रतिस्पर्धी विहिन बन्दै टाटा, यस्तो छ ब्राण्ड अनुसारको बजार हिस्सा

काठमाडौं । विश्वकै चौथो ठूलो कार बजारमा ईभी बिक्री अत्यन्त न्यून रहेको छ । भारतमा ईभी उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले अहिले पनि ७८ प्रतिशत बजार हिस्सा ओगट्दै आफुलाई टपमा राखिरहेको छ । अहिलेको बिक्रीलाई हेर्दा टाटा प्रतिस्पर्धी बिहिन छ ।

भारतमा गाडी उत्पादकले हरेक महिना आफ्नो बिक्री तथ्यांक सार्वजनिक गर्छन् । कम्पनीहरुले मे महिनामा कुल ७ हजार ४३७ यूनिट विद्युतीय कार बिक्री भएको तथ्यांक सार्वजनिक गरेका छन् । उक्त बिक्री संख्यामा टाटाले एक्लै ५ हजार ८२२ यूनिट बेचेको हो । टाटाको बिक्री अघिल्लो वर्षको मे महिनाको तुलनामा १३२.७९ प्रतिशतले वृद्धि भएको हो ।

दोस्रो धेरै ईभी बिक्री गर्नेमा मोरिस ग्यारेज (एमजी) छ । एमजीले मे महिनामा ४३७ यूनीट ईभी बिक्री गरेको हो । तेस्रोमा महिन्द्राले ३६३ यूनिट, चौथोमा सिट्रोनले ३०८ यूनिट र पाँचौमा हुन्डाईले १६३ यूनीट ईभी बिक्री गरेका छन् ।

धेरै ईभी बिक्री गर्ने कम्पनीको सूचीको छैटौ स्थानमा १३८ यूनिट सहित बीवाइडी परेको छ । सातौंमा बीएमडब्लूले ७० यूनिट, आठौमा कियाले ४५ यूनिट, नवौमा भल्भोले ४२ यूनिट र दशौमा मर्सडिजले १८ यूनिट ईभी बिक्री गरेका छन् ।

भारतीय इभी बजार अघिल्लो वर्षको तुलनामा १५१.१७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष मे महिनामा २ हजार ९६१ यूनिट ईभी बिक्री भएको थियो । योसँगै भारतमा मे महिनामा ईभीको बजार हिस्सा कुल प्यासेन्जर कार सेग्मेन्टको २.५ प्रतिशत पुगेको छ ।


Back_to_top