एमजी जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक, प्रतिस्पर्धीलाई थपियो चुनौती

काठमाडौं । एमजीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्सले जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले सरकारी कर झण्डै २० प्रतिशत बढेको भएपनि जेडएस ईभीको मूल्य केवल ५० हजार रुपैयाँले बढाएको हो ।

कम्पनीले यसअघि ५२ लाख ४९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको जेडएस ईभीको नयाँ मूल्य ५२ लाख ९९ हजार रुपैयाँ बनाएको छ । यसले ५० किलोवाटदेखि १०० किलोवाट सेग्मेन्टमा आउने अन्य ब्राण्डका ईभी माथि प्रेसर बढाएको हो ।

यो सेग्मेन्टमा ईभी बिक्री गर्दै आएका कम्पनीले १० प्रतिशत हाराहरी मूल्य बढाउने अनुमान गरिएपनि एमजीले लगभग मूल्य एउटै राखेको हो । सरकारले ५० देखि १०० किलोवाट क्षमता भएका ईभीमा ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थप गरेको थियो ।

सुरक्षा फिचर तथा इन्फर्मेशन टेक्नोलोजीमा निकै अब्बल रहेको जेडएस ईभी बैसाख र जेठमा ५०० यूनिट माथि आयात भएको थियो ।

एमजी जेडएस ईभीमा ५१.१ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिएको छ । साथै, यसमा ९९ किलोवाट आवरको मोटर पाउन सकिन्छ ।


Back_to_top