मोर्डन डिजाइन र फिचर लोडेड एक्सटर, भेन्यूभन्दा सस्तो हुने

काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले आगामी जुलाई १० मा सार्वजनिक गर्ने तयारी गरिरहेको माइक्रो एसयूभी ‘एक्सटर’को बाहिरी डिजाइन यसअघि नै सार्वजनिक भएको थियो ।

अब बजारमा आउन २५ दिन बाँकी रहँदै यसको इन्टेरियरको तस्बिरहरु बाहिर आएका छन् । हुन्डाईले एक्सटरको ब्राण्ड एम्बास्डर क्रिकेटर हार्दिक पाण्डेलाई अनुबन्धन गरेसँगै यसको इन्टेरियर पनि ‘लिक’ भएको हो ।

बाहिर आएको तस्बिर अनुसार हुन्डाई एक्सटरमा ड्यासबोर्डका धेरैजसो फिचरहरु ग्राण्ड आई-१० नियोस र हुन्डाईकै अउराबाट प्रभावित भएको देखिन्छ । यसको एसी भेन्ट, ड्यासबोर्ड, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट र इन्टुमेन्ट क्लस्टर ले आउट आई-१० को जस्तै छ । त्यस्तै क्लाइमेट कन्ट्रोल नब र थ्री स्पोक स्टेरिङ ह्वील ठ्याक्कै आई-१० कै जस्तो देखिन्छ ।

हुन्डाई एक्सटरमा भेन्यू र आई२० को जस्तै फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिने छ । यसमा रियल टाइम फ्यूल इफिसीयन्सी र ट्रिप प्यारामिटरको रिडिङ पनि रहेको छ । हुन्डाईले एस्टरको इन्ट्रुमेन्ट क्लस्टरमा स्थानीय भाषामा अंक र अक्षर आउने समेत फिचर दिएको देखिन्छ ।

यसका अलावा एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रि, ड्यास क्याम जस्ता फिचरहरु दिएर फुल्ली डोडेड एसयूभी बनाएको छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन र १.० लिटर टर्बो इन्जिन रहने छ । अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइटले यसलाई युवा लक्षीत मोर्डन एसयूभी बनाएको छ । यसको मूल्य हुन्डाई भेन्यूभन्दा कम रहने छ ।


Back_to_top