सुदुरपश्चिममा पेट्रोलबाट चल्ने कार र मोटरसाइकलमा नयाँ वार्षिक कर (सूचीसहित)

धनगढी । तुलनात्मक रुपमा कम वार्षिक कर लाग्ने मध्येको एक सुदुरपश्चिम प्रदेशमा नयाँ बजेटले पनि वार्षिक करका दर परिवर्तन गरेको छैन । यसअघि लाग्दै आएको पुरानै करका दरलाई प्रदेश सरकारले निरन्तरता दिएको हो ।

प्रदेश सरकारले १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा २ हजार ५ सय र ४०० सीसी माथिका मोटरसाइकलमा ९ हजार रुपैयाँसम्म वार्षिक कर लगाएको छ । जुन अघिल्लो वर्षकै निरन्तरता हो ।

प्रदेश सरकारले १ हजार सीसीसम्मका साधनमा सबैभन्दा कम १९ हजार रुपैयाँ कर लगाएको छ भने सबैभन्दा धेरै २९०१ सीसी र त्योभन्दा माथिका सबै गाडीमा वार्षिक ५३ हजार रुपैयाँ कर लगाएको छ ।


Back_to_top