सुदुरपश्चिम सरकारले ४ खण्डमा लगायो ईभीमा कर, थाहापाउनुस् वार्षिक कर

धनगढी । सुदुरपश्चिम सरकारले आर्थिक विद्येयक २०८० सार्वजनिक गरेको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट सार्वजनिक गरेपछि वार्षिक कर पनि सार्वजनिक गरेको हो ।

सुदुरपश्चिम प्रदेश सरकार मोटरसाइकललाई ४ खण्डमा विभाजन गरेर एक हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म कर लगाएको छ ।

निजी प्रयोगमा आउने विद्युतीय कारलाई पनि ४ खण्डमा विभाजन गरेर नै कर लगाइएको छ । प्रदेश सरकारले ४९ किलोवाट क्षमतासम्मका मोटर जडित कारमा वार्षिक कर १० हजार रुपैयाँ लगाएको छ ।

त्यसैगरी ५० किलोवाटदेखि १२५ किलोवाटसम्मका साधनमा वार्षिक १५ हजार, १२६ देखि २२५ किलोवाटसम्मका साधनमा वार्षिक २० हजार र २२५ किलोवाट माथिका साधनमा ३० हजार वार्षिक कर तोकेको हो ।

भाडामा चल्ने चार पाङ्ग्रे विद्युतीय सवारीसाधनको हकमा भने वार्षिक शुल्क कम गरिएको छ । ४९ किलोवाट क्षमतासम्मका गाडीलाई वार्षिक २ हजार ५०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै ५० देखि १२५ किलोवाट सम्मका साधनलाई ४ हजार ५०० रुपैयाँ, १२५ किलोवाटमाथि २२५ किलोवाटसम्मका लागि १० हजार रुपैयाँ र २२५ किलोवाट माथिका साधनमा वार्षिक १५ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top