काठमाडौं । सुरक्षा र मजबत बनोटको लागि विश्व प्रख्यात स्वेडेनको अटोमोवाइल ब्राण्ड भोल्भोले नयाँ इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । इटालीको मिलानमा एक कार्यक्रम आयोजना गर्दै भोल्भोले आफ्नो लाइनअपमा सवैभन्दा सानो साइजको एसयूभी ‘इएक्स-३०’ लन्च गरेको हो ।
भोल्भोले ल्याएको यो एसयूभी जिलीको प्लान्टमा उत्पादन गर्नेछ । उक्त प्लान्टट चीनको झांगजियामा रहेको छ । सन् २०२३ को अन्त्यबाट यसको ब्यवसायीक उत्पादन सुरु हुनेछ ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको ‘इएक्स-३०’को लम्बाई ४२३३ एमएम, चौडाई १८३७ एमएम र उचाई १५५५ एमएम मात्र छ । यसमा साइज अनुसारको लामो २६५० एमएमको ह्वीलवेस दिइएको छ ।
भोल्भोले ‘इएक्स-३०’लाई दुई ब्याट्री अप्सनमा ल्याउन लागेको हो । यसको स्टायण्डर्ड भेरियन्टमा ५१ किलोवाट आवर र लङ रेन्जमा ६९ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले १५३ किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले २५ मिनेटमा ० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्नेछ ।
भोल्भोले यसलाई पावरफुल बनाउन २०० किलोवाट पीकपावर भएको मोटर दिएको छ । यसले मात्र ३.६ सेकेन्डमा सून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्नेछ ।
निकै आकर्षक क्याविन रहने एसयूभीको ड्यास बोर्डमा १२.३ इन्चको एक भर्टिकल टचस्कृन पाउन सकिन्छ । यही इन्फोटेन्टमेन्ट सिस्टमको सहायताले सबै फङ्सनहरु नियन्त्रण गर्न सकिन्छ ।
भोल्भोले ‘इएक्स-३०’मा चालकको लागि छुट्टै इन्ट्रुमेन्ट क्लस्टर दिएको छैन । यसको ड्यास बोर्डमा दुईवटा वायरलेस मोवाइल चार्जिङ प्याड, २० इन्चको अलोय ह्वील र फिक्स प्यानारोमिक रुफ पाउन सकिन्छ । त्यसका साथै, टिन्टेड रियर विण्डो, हिटेड स्टेरिङ ह्वील, ३६० डिग्री क्यामरा, पार्क असिस्ट पाइलट, ड्यूलजोन क्लाइमेट कन्ट्रोल, लेदर फ्रि इन्टेरियर, ड्यूलटोन रुफ, डिजिटल कि, हर्मनको प्रिमियम साउण्ड सिस्टम, पावर टेलगेट, अटो डिमिङ मिरर जस्ता फिचर रहेका छन् ।
सुरक्षाका लागि ‘इएक्स-३०’ एसयूभीमा लेनकिप असिस्ट, व्लाइन्ड स्र्पट असिस्ट, इमर्जेन्सी ब्रेकिङ, प्रेडिस्टियन तथा साइक्लीस्ट डिटेक्सन, रिभर्स अटोनोमस इमर्जेन्सी ब्रेकिङ, फ्रन्ट तथा रियर क्रस ट्राफिक असिस्ट, रोड साइन असिस्ट, रिभर्स क्यामरा, पार्किङ सेन्सर दिइएको छ ।
सन् २०२४ बाट बिक्री सुरु हुने ‘इएक्स-३०’ एसयूभीको सुरुवाती मूल्य ३६ हजार डलर हुने अनुमान गरिएको छ ।

