काठमाडौं । दशैंले सबैलाई छोएको छ । हरेक मोटरसाइकल बिक्रेता कम्पनीहरुले आफ्नो ब्रान्डको मोटरसाइकल बिक्री गर्न नयाँ मोडल र अफरहरु सार्वजनिक गरेर मार्केटिङलाई चुस्त बनाएका छन् ।
नेपाली बजारमा बिक्री हुने १५० देखि १६० सीसी इन्जिन क्षमताका बाइकहरुमा सबैभन्दा धेरै आर्कषण रहेको पाईन्छ । त्यसैले दशैंमा नयाँ बाइक किन्दै हुनुहुन्छ भने तपाईलाई बजारमा उपलब्ध उत्कृष्ट अप्सनको रुपमा रहेको ४ बाइकको बारेमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।
बजाज पल्सर १५० ट्वीन डिस्क
नेपाली बजारमा सर्वाधिक बिक्री हुने बाइकको सूचीमा पहिलो नम्बरमा पर्छ बजाज १५० बाइक । यसलाई कम्पनीले केहि समय अघि ट्वीन डिस्कमा बजारमा सार्वजनिक गरेको थियो । बजाज पल्सर १५० क्लासिकको जस्तै अन्य फिचर रहेको यो बाइकमा टायरको साइजलगायतका फिचरमा परिर्वतन गरिएको छ । मर्मत खर्च एकदमै कम लाग्ने, माइलेज धेरै दिने तथा जुनसुकै सडक सुहाउँदो भएकै कारण बजाज १५० सीसीको बाइक सर्वाधिक बिक्री हुने बाइकमा पर्छ ।

यस बाइकको इन्जिन १४९ सीसी सिङ्गल सिलिन्डरमा रहेको छ । यसले ८००० आरपीएममा १४ बिएचपी र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ प्रतिलिटर ४५ किलोमिटर माइलेज रहेको यो बाइकमा ५ स्पीडको गियर बक्स रहेको छ । यो बाइकको मूल्य नेपाली बजारमा २ लाख ५६ हजार रहेको छ भने पर्वको अबसरमा कम्पनीले बिभिन्न छुट प्रदान गरिरहेको छ । यो दशैमा नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ यो बाइक एकपटक अबश्य हेर्नुहोला ।
टीभीएस अपाची आरटीआर १६०–४ भी
टीभीएस अपाची बाइक रेसर बाइक भएका कारण यसमा उच्च पीकअप क्षमता रहेको हुन्छ । यो बाइक विशेषगरी युवा वर्गको रोजाईमा परेको पाइन्छ । यसको आकर्षक डिजाइन अर्को मुख्य विशेषता हो । यस बाइकमा ट्वीन डिस्कका साथ फ्याल्ट टायरमा ल्याइएकोले बाइक राइडरलाई निकै सहज हुने छ ।

टीभीएस आरटिआर २०० फोर भीको लुक्समा नै यो बाइक डिजाइन गरिएका कारण झनै यसको आवरण उत्कृष्ट रहेको छ । १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पी एस पावर ८००० आरपीएम मा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।
पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आरटिआर १६० फोर भी पावर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ। यसको मूल्य नेपाली बजारमा २ लाख ८५ हजार ९ सय रुपैँया तोकिएको छ । यो दशैमा बाइक किन्ने सोचमा हुनुहुन्छ भने तपार्इको रोजाइमा पर्न सक्ने बाइक हो ।
यामाहा एफजेडएस १५०
स्टाइलिस लुक्सका कारण नेपालमा लोकप्रिय बाइक बन्न सफल भएको बाइक हो एफजेडएस १५० । फराकिलो टायर तथा मोटो बडीमा आकर्षक हेडलाइटले यसको लुक्सलाई झनै राम्रो देखाएको छ । फराकिलो टायरकै कारण यो बाइक चलाउन आरामदायी रहेको छ ।

१४९ सीसीको इञ्जिन क्षमता रहेको यो बाइकले ८००० आरपीएममा १३.२ पीएस पावर जेनेरेट गर्छ । ४० किलोमिटर प्रतिलिटर माइलेज रहेको यो बाइकमा पाँच स्पीडको गियर बक्स रहेको छ । ट्यूवलेस टायर दिइएको यो बाइकको नेपाली बजारमा दुई लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ । दशैमा बाइक किन्ने सोचमा हुनुहुन्छ भने यो एक राम्रो बिकल्प हुनेछ ।
होन्डा एक्स ब्लेड
होन्डाकोलागि नेपालको आधिकारीक वितरक स्याकार ट्रडिङले नाडा अटो शो र चाडपर्वको मुखमै नयाँ मोटरसाइकल एक्स–ब्लेड नेपाली बजारमा ल्याएको छ ।
होन्डाको नयाँ एक्स–ब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १३.९३ बीएचपी पावर र १३.९ एनएम टर्क प्रदान गर्छ ।

मोटरसाइकलमा फुल एलईडी हेडलाइट, एलईडी टेल लाइट र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरजस्ता फिचर रहेका छन् । स्ट्रिट–टेक डिजिटल मिटरमा इनोभेटिभ स्टाइलको डिस्प्ले दिइएको यो बाइकको डिस्प्लेमा सर्भिसिङको समय र गियर पोजिसनसमेत देखाउने छ । यो दशैमा किन्नको लागी यो पनि एक च्वाइस हुन सक्छ ।

