टीभीएसको मनसुन स्कीमः नगद छुट, थोरै डाउन पेमेन्टदेखि ब्याज नलाग्नेसम्म

काठमाडौं । टीभीएसले मनसुन एक्सचेन्ज मज्जा स्कीम ल्याएको छ । कम्पनीले नगद छुट, तथा फाइनान्स स्कीमसहितको एक्सचेन्ज स्कीम सार्वजनिक गरेको हो ।
यो स्कीममा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो स्कुटर तथा मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् ।

यो योजनामा कम्पनीले ग्राहकको पुरानो साधनको बजारमा पाउने मूल्यमा १० हजार थप मूल्याङ्कन दिनेछ । नगदमा खरिद गर्न चाहने ग्राहकले मोटरसाइकलमा ८ हजार र स्कुटरमा ७ हजार छुट पाउने छन् ।

त्यस्तै कम्पनीले पुरा पैसा तिरेर मोटरसाइकल किन्न नचाहने ग्राहकलाई मध्यनजर गर्दै ब्याज नलाग्ने तथा र ठाउन पेमेन्ट गरेरपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

कम्पनीले ल्याएको फाइनान्स स्कीममा ग्राहकले शून्य प्रतिशत ब्याज र २५ प्रतिशतसम्मको डाउन पेमेन्ट गरेर टीभीएसका दुई पाङ्ग्रे साधन खरिद गर्न सक्नेछन् । ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र २ वर्षको रोड ट्याक्स पनि दिने जनाएको छ ।

यो योजना नेपालभर रहेको टीभीएसको आधिकारिक शोरुममा उपलब्ध रहेको टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले जनाएको छ ।


Back_to_top