काठमाडौं । जगदम्वा मोटर्सले टीभीएस आइक्यूबको विक्री सुरु गरेको छ । योसँग टीभीएस आईक्यूव चल्तिका ब्राण्डमा इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने पहिलो कम्पनी भएको छ ।
टीभीएस पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो ।
कम्पनीका अनुसार सुरुमा उपत्यकाको नक्शाल, कान्तिपथ, टेकु र सानोभर्याङ्ग शोरुमबाट मात्रै आइक्यूब खरिद गर्न सकिने छ । क्रमिक रुपमा निकट भविष्यमा नै नेपालभर उपलब्ध हुने कम्पनीको भनाइ छ ।
टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसका अलावा आइक्यूबको एसटी भेरियन्टले भने १४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
यसमा प्रयोग गरिएको ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
आइक्यूवमा ३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघन्टा रहेको छ ।
टीभीएस आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेका स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड उपलब्ध छ ।


