बलेनोको लिमिटेड एडिसन सार्वजनिक, यस्तो छ परिर्वतन

मारुती सुजुकीले आफ्नो निकै चर्चित ह्याचब्याक कार बलेनोको लिमिटेड एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले चाडवार्डको सिजन परेर आफ्नो निकै रुचाइएको बलेनोको नयाँ एडिसन बजारमा ल्याएको हो । 

कम्पनीले आफ्नो अर्को चर्चित ह्याचब्याक स्विफ्टको लिमिटेड एडिसनपनि गतहप्ता सार्वजनिक गरेको थियो । साथै, कम्पनीले इग्निसको पनि लिमिटेड एडिसन सार्वजनिक गरिसकेको छ । 

कम्पनीको लिमिटेड एडिसनको बलेनो रेगुलरको तुलनामा ३० देखि ४० हजार भारतीय रुपैयाँ महंगो हुने अनुमान गरिएको छ । तर, यसको आधिकारीक पुष्टी कम्पनीले अझै गरेको छैन । 

नयाँ लिमिटेड अडिसनमा कस्मेटिक परिर्वतन मात्रै गरिएको छ । यसमा कुनै मेकानिकल परिर्वतन गरिएको छैन भने यसको बडी ग्रे–कलरमा डेकोरेट गरिएको छ । यसको इन्टेरियरमा ब्ल्याक कलरले प्रिमियमनेस प्रदान गरेको छ । नेक्सा एसोसोरिज थप गरिएको यस कारमा ब्ल्याक कलर सिट दिइएको छ । 

कारको इन्जिनमा कुनै परिर्वतन गरिएको छैन । यसमा दिइएको १.२ लिटर पेट्रोल इन्जिनले ७५ पीएस पावर प्रदान गर्छ भने १.३ लिटर डिजेल इन्जिनमा समेत उपलब्ध रहेको छ । यी दुबै इन्जिनमा ५ स्पीड म्यानुयल ट्रान्समिसन लगाइएको छ । 


Back_to_top