काठमाडौं । लक्ष्मी प्रिमियमले बीएमडब्लूको इलेक्ट्रीक एसयूभी आईएक्स-३ आज सोमबार दिउँसो १ बजे सार्वजनिक गर्ने भएको छ । कम्पनीले बीएमडब्लूको सर्वाधिक बिक्री भएको इलेक्ट्रीक एसयूभी आईएक्स-३ बिक्री सुरु गर्न लागेको हो ।
विश्व प्रसिद्ध ब्राण्ड बीएमडब्लूले आईएक्स-३ मा पनि किडनी आकारको ग्रिललाई निरन्तरता दिएको छ । तर, यसको ग्रिल पूर्ण क्लोज डिजाइनमा छ ।
यसको ड्यासबोर्डमा दुई समान साइज १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । ठूलो पानारोमिक शनरुफ, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, गाडी भित्र दिइएको आकर्षक लाइटले निकै प्रिमियम फिल गराउने छ ।
बीएमडब्लूले आईएक्स-३ मा १९ इन्चको डबल स्पोक ह्वील दिइएको छ । सबै किसिमको वेदरमा उत्तिकै काम लाग्ने फ्लोरम्याट, फ्ल्याट टायर, टायर प्रेसर मोनिटर जस्ता फिचर यसमा पाउन सकिन्छ ।
बीएमडब्लूले यसको रियर ह्वील ड्राइभ सिस्टम दिएको छ । यसमा २१० किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीलाई ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरसम्मले चार्ज गर्न सकिन्छ । यदि ३५० किलोवाट क्षमताको चार्जरले यसलाई १० मिनेट चार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ ।

कम्पनीले यसमा ८० किलोवाट आवरको ब्याट्री उपलब्ध रहने छ । यसले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज दिने डब्लूएटीपीले प्रमाणित गरेको छ । यसमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
लक्ष्मी प्रिमियमले अहिले बुकिङ लिइरहेको आईएक्स-३ को मूल्यको बारेमा भने कुनै जानकारी दिएको छैन । कम्पनीले अहिले बुकिङ गर्ने ग्राहकलाई भने २ करोड ३० लाख हाराहारी मूल्य हुने बताएको छ ।

