कम मूल्यमा उत्कृष्ट फिचरसहित २ नयाँ मोटरसाइकल ल्याउँदै हिरो

काठमाडौं । हिरो मोटोकर्पले कम मूल्यमा उत्कृष्ट फिचर दिएर दुई स्पोर्टी मोटरसाइकल ल्याउने तयारी थालेको छ । कम्पनीको जयपुरमा रहेको आरएण्डडी सेन्टर नजिक परिक्षण भइरहेको दुई नयाँ मोडल चाँडै बजारमा आउने अपेक्षा गरिएको छ ।

हिरोले परिक्षण गरिरहेको मोटरसाइकल १२५ सीसी र २०० सीसी क्षमताका हुन् । हिरोले गत महिना एक्स्ट्रीम १६० आरको नयाँ भर्सन सार्वजनिक गरेको थियो । एक्सट्रीम १६० आरमा नै आधारित एक्स्ट्रीम १२५ र एक्स्ट्रीम २०० आर नाममा दुई मोटरसाइकल आउन सक्ने बताइएको छ ।

कम्पनीले केहि समय अगाडि मात्रै पेटेन्ट दर्ता गराएको १२५ सीसी स्पोर्टी कम्युटर मोटरसाइकल परिक्षणमा ल्याएको हो । नयाँ १२५ मोटरसाइकल एलइडी हेडल्याम्प, स्प्लीट सिट, टेलिस्कोपिक/मोनोसक सस्पेन्सन, अलोय ह्वील जस्ता फिचर समावेश गरिएको देख्न सकिन्छ । यो मोटरसाइकलले बजाज पल्सर १२५, टीभीएस रेडर जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

पुरानो मोडल एक्सट्रीम २०० आरको उत्पादन बन्द भएसँगै कम्पनीले नयाँ मोडल एक्सट्रीम २०० आर ल्याउने भएको हो । परिक्षणमा देखिएको नयाँ एक्स्ट्रीम २०० आरको फ्रन्टमा एच सेप एलइडी डिआरएल तथा एलइडी हेडल्याम्प देखिएको छ ।

नयाँ एक्स्ट्रीम २०० आर बल्की बडी डिजाइनमा देखिएको छ । बाइकमा वाइड फेन्डर, टेलिस्कोपिक तथा मोनोसक सस्पेन्सन, डबल च्यानल एबीएस, जस्ता फिचर समावेस गरिएको छ ।

यसमा कम्पनीले एक्सपल्स २०० फोर भीको इन्जिन प्रयोग गर्ने अनुमान गर्न सकिन्छ । यो इन्जिनले १८.९ बीएच पावर तथा १७.३५ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top