क्रेटा इलेक्ट्रीकको तयारी तिब्र, बाहिर आयो इन्टेरियर

सांकेतिक तस्बिर

काठमाडौं । हुन्डाईले भारतमा उत्पादन गरेको सर्वाधिक सफल कम्प्याक्ट एसयूभी क्रेटाको इलेक्ट्रीक भर्सन अहिले भारतमा परिक्षण भइरहेको छ । अहिले परिक्षणको क्रममा रहेको र सन् २०२४ मा बजारमा आउने क्रेटाको क्याविनको तस्बिर बाहिर आएको हो ।

झट्ट हेर्दा अहिले बजारमा उपलब्ध क्रेटाकै जस्तो क्याविन इलेक्ट्रीक भर्सनमा पनि देखिएको छ । हुन्डाईले आफ्नो सफल मोडलको ईभी भर्सनमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको सार्वजनिक भएको तस्बिरमा देखिन्छ ।

हुन्डाईले यसमा दिएको पूर्ण डिजिटल क्लष्टरको डिजाइन उसको कुनैपनि मोडसँग मिल्दो जुल्दो छैन । यसले क्रेटा ईभीलाई पृथक बनाउने छ । त्यस्तै यसको गियर लिभर पनि रेगुलर सेन्ट्रल कन्सोलबाट हटाइएको छ ।

कम्पनीले आफ्नो चर्चित क्रसओभर आयोनीक ५ को जस्तै गियर सेलेक्टरलाई स्टेरिङ कोलमको राइट साइडमा सारेको छ । साथै, क्रेटा इलेक्ट्रीकको सेन्टर कन्सोलमा इलेक्ट्रीक पार्किङ ब्रेक र अन्य केहि फङ्सनका सुइचहरु देखिएको छ ।

हुन्डाई इन्डियाले भारतमै धेरै कम्पोनेन्टको उत्पादन गर्दै प्रयोग भएको पहिलो मोडलको रुपमा क्रेटा ईभी ल्याउने अनुमान गरिएको छ । अहिले परिक्षणको क्रममा देखिएको क्रेटाको तुलनामा बजारमा आउँदा फरक डिजाइनमा आउने अनुमान गरिएको छ ।

क्रेटाको फेसलिफ्ट मोडल भारतमा सार्वजनिक गरिरहेको कम्पनीले त्यसमै आधारित रहेर इलेक्ट्रीक क्रेटा बजारमा ल्याउने विभिन्न रिपोर्टले दावी गरेका छन् । इलेक्ट्रीक क्रेटाको आधिकारीक बिक्री सन् २०२४ को अन्त्यबाट सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top