८ तस्बिरमा हेर्नुहोस् नेपालमा बिक्री सुरु भएको बीएमडब्लू ‘आईएक्स-३’

काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स-३ नेपालमा सार्वजनिक भएको छ । यसअघि पेट्रोल मोडल मात्रै बिक्री हुँदै आएकोमा इलेक्ट्रीक मोडल आईएक्स-३ नेपाल आएको हो ।

८० किलोवाट आवर क्षमताको ब्याट्री र २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर उपलब्ध आईएक्स-३ ले ४०० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परिक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा सून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।

पानारोमीक ग्लास रुफ, ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको एसयूभीमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बीयन्ट लाइट पाउन सकिन्छ ।

यसको मूल्य २ करोड २९ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको हो ।


Back_to_top