चार भेरियन्टमा पल्सर ‘एनएस २००’, सुरुवाती मासिक किस्ता ६ हजार

काठमाडौं । बजाज पल्सर एनएस नेपालमा उपलब्ध सबैभन्दा सस्तो मध्येको एक २०० सीसीको मोटरसाइकल हो । कम्पनीले ३ लाख ३५ हजार ९०० मूल्य तोकेर पल्सर एनएस २०० बिक्री गर्दै आएको छ ।

उसोत पल्सर एनएसको ४ लाख माथि मूल्य पनि पर्छ । तर, सबैभन्दा सस्तो भेरियन्टको रुपमा पनि यसलाई ग्राहकले खरिद गर्न सक्नेछन् ।

अहिले बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विभिन्न ४ भेरियन्टमा पल्सर एनएस बिक्री गर्दै आएको छ । पल्सर एनएस २०० को सुरुवाती भेरियन्टको मूल्य ३ लाख ३५ हजार ९०० रुपैयाँ छ । यसमा बीएस ४ इन्जिन पाउन सकिन्छ ।

त्यसैगरी एनएस २०० बीएस फोर कार्बुरेटर इन्जिनको साथमा एबीएस फिचर सहितको भेरियन्टको मूलय ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ ।

एफआई इन्जिनको साथमा सिंगल च्यानल एबीएस भएको एनएस २०० को मूल्य ४ लाख १ हजार ९०० रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ । एनएसको टप भेरियन्टको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

टप भेरियन्ट एनएस २००मा डबल च्यानल एबीएस, बीएस ६ आएफआई इन्जिन रहेको छ । यसमा कम्पनीले यूएसडी फर्क समेत दिएको छ ।

यस्तो छ मासिक किस्ता

बजाजले ब्याज नलाग्ने स्कीम संचालन गरिरहेको छ । उक्त स्कीममा बजाजका मोटरसाइकल किन्ने ग्राहकले मूल्यको ६० प्रतिशतले हुन आउने रकम डाउन पेमेन्ट वापत सुरुमा नै जम्मा गर्नु पर्छ । बाँकी ४० प्रतिशत रकम कर्जा सुविधा पाउने छन् ।

यसरी लिएको कर्जा रकम १८ महिनामा भुक्तानी गरिसक्नु पर्ने हुन्छ । यो स्कीममा पल्सरको सुरुवाती भेरियन्ट किन्दा डाउन पेमेन्ट वापत २ लाख १ हजार ५४० रुपैयाँ बुझाउनु पर्छ । कर्जा वापत १ लाख ३४ हजार ३६० रुपैयाँ लिँदा १८ महिनासम्म मासिक ६ हजार १०७ रुपैयाँ किस्ता तिर्दा पुग्छ ।

बजाजले ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको एनएस २००को अर्को भेरियन्ट किन्ने ग्राहकले डाउन पेमेन्ट वापत २ लाख ३० हजार ९४० रुपैयाँ तिर्नु पर्छ । बाँकी कर्जा वापत लिइने रकम १८ किस्तामा मासिक ६ हजार ९९९ रुपैयाँ तिर्दा पुग्छ ।

पल्सर एनएस २०० को एफआई एबीएस भेरियन्ट किन्ने ग्राहकले २ लाख ४१ हजार १४० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्छ । बाँकी रकम १८ किस्तामा मासिक ७ हजार ३०८ रुपैयाँका दरले तिर्ने सुविधा पाउने छन् ।

एनएस २०० कै टप भेरियन्टको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसलाई किन्न चाहने ग्राहकले २ लाख ५४ हजार ९४० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्छ । त्यसपछि बाँकी रकम मासिक ७ हजार ७२६ रुपैयाँका दरले १८ महिनासम्म तिर्नु पर्ने हुन्छ ।


Back_to_top