हिरोको स्पोर्टस् बाइक ‘फोर भी’ इन्जिनमा

काठमाडौं । भारतीय कम्पनी हिरोले आफ्नो एक्सट्रीम २०० एसलाई अपग्रेड गरेर ल्याएको छ । कम्पनीले एक्स्ट्रीम २०० एसलाई फोर भी टेक्नोलोजीमा आधारित इन्जिनमा ल्याएको हो ।

नयाँ एक्स्ट्रीम २०० एस फोर भी नयाँ मापदन्ड अनुसार बीएस ६ फेज टूमा आधारित इन्जिनमा उपलब्ध गराएको छ । नयाँ इन्जिनमा आएसँगै पेट्रोलमा यसमा २० प्रतिशत इथानोल मिलाएर यसलाई चलाउन सकिने छ ।

नयाँ एक्स्ट्रीम २०० एस फोर भीमा २०० सीसी क्षमताको फोर भल्ब आयल कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले ८००० आरपीएममा अधिकतम १९.१ ब्रेकहर्स पावर र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्नेछ ।

कम्पनीका अनुसार, फोर भल्ब आयल कुल्ड इन्जिन भएको कारण यसको उच्च गति पहिलेभन्दा राम्रो भएको छ । मोटरसाइकलको भाइब्रेसन पनि निकै कम भएको छ । यसको गियर रेसियोको समेत अपडेट गरिएको छ ।

हिरोले यसमा नयाँ स्प्लीट ह्यान्डलबार सेटअप दिएको छ । स्पोर्टी एयरोडाइनामिक्स, मस्कुलर रियल काउल, स्पार्टी कम्प्याक्ट एग्जस्टले गर्दा मोटरसाइकलको लुक्स निकै आकर्षक रहेको छ ।

नयाँ एक्स्ट्रीममा ट्वीन एलइडी हेडलाइट, एलइडी डीआरएल, एलइडी लाइट गाइड, सिग्नेचर एलइडी टेल लाइट, फुल डिजिटल एलसीडी मिटर रहेको छ । डिजिटल एलसीडीमा गियर इन्डिकेटर, इको मोड इन्डिकेटर, सर्भिस रिमाइन्डर र टिप मिटर जस्ता सुचना हेर्न सकिने छ ।

त्यसैगरी, मोबाइल कनेक्टीभीटी, टर्न बाइ टर्न नेभिगेसन, अपडेटेड फ्रन्ट र रियर पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, ७ स्टेपको एड्जस्टेबल मोनोसक सस्पेन्सन दिइएको छ ।


Back_to_top