काठमाडौं । एसयूभी किङको उपनाम पाएको महिन्द्राले नयाँ कुप्पे एसयूभीको परिक्षण सुरु गरेको छ । कम्पनीले दुई वर्षअघि उत्पादन बन्द गरेको एक्सयूभी ५०० नाममा आउने कुप्पे एसयूभीको परिक्षण सुरु भएको हो ।
महिन्द्राले सन् २०११ बाट उत्पादन सुरु गरेको एक्सयूभी ५०० को उत्पादन २०२१ मा बन्द गरेको थियो । यसअघि उत्पादन भएको एक्सयूभी ५०० नयाँ मोनोकर्क च्यासिसमा बनेको पहिलो भारतीय एसयूभी थियो ।

महिन्द्राले एक्सयूभी ५०० को उत्पादन बन्द गरेपछि नयाँ एसयूभीको रुपमा एक्सयूभी ७०० बजारमा ल्याएको थियो । त्यति बेलानै कम्पनीले एक्सयूभी ५०० केहि समयको लागि बन्द गरिएकाले छिट्टै बजारमा आउने जनाएको थियो ।
कम्पनीले अब एक्सयूभी ५०० पुनः बजारमा आउने जनाएको छ । प्रोडक्सन कोड नेम एस३०१ रहेको एसयूभी कुप्पे डिजाइनमा आउने छ । महिन्द्राले एक्सयूभी ३०० र एक्सयूभी ७०० बीचमा राखेर नयाँ एसयूभी ल्याउने छ । जसको सिधा प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता मोडलसँग हुनेछ ।
नयाँ जेनेरेशन एक्सयूभी ५०० पाँच सिट क्षमतामा आउने छ । यसको लम्बाई ४.३ मिटर र इन्जिन १.२ लिटरको टर्बो पेट्रोल र १.५ लिटर डिजेल हुने अनुमान गरिएको छ ।

