काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमले २०२३ नयाँ भर्सन केटीएम ड्युक २०० मोडल नेपालमा बिक्री गर्दै आएको छ । नेपालका लागि केटीएमको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ग्राफिक्स अपग्रेड सहितको नयाँ ड्यूक २०० बिक्री गर्दै आएको हो ।
केहि समय अघि मात्रै नेपाल आएको ड्यूक २०० को २०२३ मोडलमा नयाँ हेडलाइट सेटअप पाउन सकिन्छ । पुरानो ड्यूक २०० मा हेलोजन लाइट प्रयोग भएकोमा नयाँ २०२३ मोडलमा एलइडी लाइट सेटअप पाउन सकिन्छ ।
यसका अलावा यसमा नयाँ सिल्भर कलर थप भएर आएको छ । निकै आकर्षक देखिएको नयाँ ग्राफिक्स बाहेक अन्य धेरै कुरा परिमार्जन भएको छैन । ड्यूक २५० बाट प्रेरित धेरै फिचर पाउन सकिने ड्यूकमा मेकानिकल परिवर्तन भने भएको छैन ।
केटीएम ड्युक २०० मा १९९.५ सीसी क्षमताको लिक्वीड कुल्ड बीएस ६ प्रदुषण मापदण्डको इन्जिन रहेको छ । उक्त इन्जिनले १० हजार आरपीएममा अधिकतम २५ ब्रेकहर्स पावर र ८ हजार आरपीएममा १९.३ एनएमको टर्क जेनेरेट गर्छ ।
कम्पनीले ड्यूक किन्न चाहने ग्राहकलाई मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत कजाृ सुविधा समेत उपलब्ध रहेको जनाएको छ । ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ९.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् ।
हंशराज हुलास चन्द एण्ड कम्पनीले ड्यूक २०० को मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । यसलाई किस्तामा किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टपछि १८ महिनासम्म मासिक १७ हजार हाराहारी किस्ता तिर्नेगरी खरिद गर्न सक्नेछन् ।

