काठमाडौं । टाटा मोटर्स र जागुआर ल्याण्डरोभर (जेएलआर) को माउ कम्पनी टाटा ग्रुपले ब्याट्री इलेक्ट्रीक भेहिकलको लागि युनाइटेड किङडम (यूके)मा नयाँ ब्याट्री प्लान्ट लगाउने भएको छ ।
टाटा ग्रुपले वेलायतमा लोकल ब्याट्री प्रडक्सनका लागि ४ अर्ब पाउण्ड लगानी गर्ने भएको हो । उक्त समूहले अहिले वेलायतमा जागुवार तथा ल्याण्ड रोभरका एसयूभी उत्पादन गरिरहेको छ । ग्रुपले उक्त प्लान्टको ब्याट्री सुरूआतमा टाटा मोटर्स र जेएलआरलाई सप्लाइ गर्नेछ ।
टाटा ग्रुपले स्थापना गर्न लागेको प्लान्ट जापनिज अटो मेकर निसानले वेलायतको सन्डरल्याण्डमा स्थापना गर्न लागेको इनभिजन प्लान अन्तर्गतको ३८ गिगावाटआवरको ब्याट्री फ्याक्ट्री भन्दा ठूलो हुने जनाइएको छ ।
टाटा ग्रुपको ब्याट्री प्लान्टको क्षमता ४० गिगावाट आवरको हुनेछ । दी फाराडे इन्सीच्युटको प्रक्षेपण अनुसार वेलायतमा सन् २०३० सम्ममा १०० गिगावाट आवरको ब्याट्रीको माग रहने छ । टाटा ग्रुपले बनाउने यो नयाँ ब्याट्री प्लान्टमा ९ हजार जनाले रोजगारी पाउने बताइएको छ ।

