‘रेसिङ डिएनए’सहित टीभीएसको अर्को फड्को मार्ने तयारी

सांकेतिक तस्बिर

काठमाडौं । भारतीय सफल दुई पाङ्ग्रे सवारीसाधन निर्माता कम्पनी टीभीएसले नयाँ डर्ट र एड्भेन्चर सेग्मेन्टमा मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ । कम्पनीले आफ्नो आपाचे सिरिजमा नै नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।

टीभीएस मोटर इन्डियाले एड्भेन्चर सेग्मेन्टमा अपाचे आरटीएक्स मोटरसाइकल ल्याउने मिडिया रिपोर्टमा उल्लेख छ । त्यसको लागि टीभीएसले आरटीएक्सको ट्रेडमार्क केही समय अघि दर्ता गराएको थियो । कम्पनीले दर्ता गराएको ट्रेडमार्क भारतीय ट्रेडमार्क रजिस्ट्रिले प्रमाणिकरणसमेत गरिसकेको छ ।

भारतीय दुई पाङ्ग्रे निर्माता कम्पनी टीभीएससँग करिब चार दशक लामो रेसिङ इतिहासबाट प्रेरित टेक्नोलोजी रहेको छ । त्यसलाई प्रयोग गरी कम्पनीले अहिले बनाइरहेको अपचेमा डर्ट र एड्भेन्चर मोडल ल्याउने भएको हो ।

बीएमडब्लूसँग सहकार्य गर्दै आएको टीभीएसले नविनतम फिचरहरु दिएर नयाँ मोडल ल्याउने अनुमान गर्न सकिन्छ । यसअघि टीभीएसले ‘आरटीआर एफएक्स’ श्रृखलामा अफरोड रेसिङ र र्याली मोटरसाइकल उत्पादन गर्दै आएको थियो । यसको ब्यवसायीक उत्पादन सुरु गर्ने अनुमान गरिएको छ ।

अहिले एड्भेन्चर सेग्मेन्टमा हार्डकोर प्रतिस्पर्धा चलिरहेको छ । त्यसैले यो सेग्मेन्टमा आफुलाई उभ्याउन टीभीएसले आरटीएक्स नामबाट अफरोड केन्द्रीत मोटरसाइकल ल्याउन लागेको हो ।

बीएमडब्लू मोटरार्डसँगको सहकार्यमा टीभीएसले पहिलेनै बीएमडब्ल्यू जी ३१० जीएस, बीएमडब्ल्यू जी ३१० आरआर र अपाचे आरआर ३१० जस्ता पावरफुल मोटरसाइकल बनाइसकेको छ । नयाँ आउने मोडल कस्तो हुन्छ भन्ने थाहापाउन केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top