४५ वटा सेन्सरको प्रयोगले चल्ने कार, चालकको भूमिका गौण

काठमाडौं । जापनीज टेक्नलोजी कम्पनी सोनी र जापान कै अटोमोवाइल जायन्ट होन्डा मिलेर बनाउन लागेको ‘अफिला’ इलेक्ट्रीक कारमा ४५ वटा सेन्सर प्रयोग हुने भएको छ । यी दुई कम्पनी मिलेर बजारमा ल्याउन लागेको पहिलो ईभी अफिलामा ‘लेवल ३’को अटोनोमस ड्राइभिङ सिस्टम हुनेछ ।

सन् २०२३ मा अमेरिकाको लसभेगासमा भएको कन्जुमर इलेक्ट्रोनिक्स शोमा घोषणा भएको अफिला क्वालकमको डिजिटल च्यासिसमा बन्ने छ । सन् २०२५ सम्ममा बजारमा आउने अनुमान गरिएको यो कारको विस्तृत विवरण बाहिर आएको छैन ।

कम्पनीले यसको विषयमा धेरै जानकारी नदिएपनि ४५ वटा सेन्सरको अलवा लाइडार, ८ वटा क्यामरा, विल्टइन आर्टिफिसीयल इन्टेलीजेन्ट (एआई) पाउन सकिन्छ ।

हालसम्म अटोमोवाइल क्षेत्रमा धेरै ब्राण्डले लेवल २ सम्मको अटोनोमस प्रविधि प्रयोगमा ल्याका छन् । त्यसैले चालकले गाडी चलाउनै नपर्ने लेबल ३ अटोनोसम प्रविधि यसमा प्रयोग हुनेछ । याे कारले चालककाे भूमिका गाैण बनाउन सक्नेछ ।

लेवल ३ अटोनोमस ड्राइभिङ सिस्टमले डाइभर असिस्टको सहयोगले आफैँ गाडीलाई गन्तव्यमा लग्नेछ । यद्यपि, ड्राइभर भने चनाखो भएर ड्राइभिङ सिटमै बस्नु पर्ने हुन्छ । ड्राइभर असिस्टले अनुरोध गरेमा भने ड्राइभर आफैँले गाडीलाई चलाउनु पर्छ ।

एन्ड्रोइड स्मार्टफोनको प्रोसेसर चीपको प्रख्यात क्वालकमले आगामी जेनेरेशनको अटोनोमस भेहिकलका लागि उत्कृष्ट प्रविधिको विकास गरिरहेको छ । यो प्रविधिमा रियल टाइममा सबै सेन्सरबाट इन्फर्मेसन प्राप्त गर्नु, इन्टेरियको स्कृनमा सबै इमेज फिडिङ गर्नु, ओभर दी एयर अपडेट प्राप्त गर्नु, ५ जी र वाइफाई कनेक्टीभीटीमा कामगर्न सक्नु तथा रियल टाइम डाटाको आधारमा ड्राइभरको पफर्मेन्स कलेक्ट गर्नु हुनेछ ।

यो कार होन्डाको ओहायो प्लान्टमा निर्माण हुने भनिएको छ । भविष्य उन्मुख यो विद्युतीय कारमा शोनीले धेरैथरी डिजिटल टेक्नलोजी जस्तै मुभी, म्यूजिक, भिडियो गेम जस्ता फिचर दिनेछ ।


Back_to_top