सोमबारबाट देशभर एकसाथ जिम्नी र फ्रोङ्क्सको टेष्ट ड्राइभ सुरु हुने

काठमाडौं । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको सुजुकीका दुई एसयूभी फ्रोङ्क्स र जिम्नीको टेष्ट ड्राइभ साउन २२ गते सोमबारबाट सुरु हुने भएको छ । यी दुबै मोडलको टेष्ट ड्राइभ एकसाथ नेपालभर रहेका सम्पूर्ण डिलरबाट सुरु हुन लागेको हो ।

‘जिम्नी र फ्रोङ्क्स एसयूभी हामीले नेपालभर एक साथ सार्वजनिक गर्न लागेका छौं । साउन २२ गतेबाट सबै बिक्री केन्द्रहरुमा टेष्ट ड्राइभ पनि सुरु गर्दैछौं’, सिजी मोटोकर्पले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सिजी मोटोकर्प र सिजी नेक्टजेन दुबै आउटलेटमा उपलब्ध हुने यी दुई एसयूभीको बुकिङ कम्पनीले असार २९ गतेबाट सुरु गरेको थियो । सिजी मोटोकर्पले फ्रोङ्क्सको सुरुवाती मूल्य ३९ लाख ९९ हजार र जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री बुकिङ लिइरहेको छ ।

पाँच ढोका भएको सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित लाइफ स्टाइल प्रोडक्ट हो । यो मोडेललाई विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो । हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा बनेको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको कारण यसले जस्तोसुकै बाटोमा उत्कृष्ट पफर्मेन्स गर्न सक्छ ।

जिम्नी एसयूभीमा फोर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । अफरोडकै लागि यसमा ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्री लिंक रिजीड एक्सई सस्पेन्स दिइएको छ । अफरोड बाटोको लागि उत्तम हुने गरी डिजाइन गरिएको जिम्नीमा २२.६८ सेन्टिमिटरको स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश छन् ।

नयाँ सुजुकी फ्रोङ्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम फिचरले भरिएको एसयूभी हो ।
‘द फेस अफ न्यू एसयूभी’ भनिएको यसलाई निकै आकर्षक डिजाइन र स्पोर्टी लुक्स दिइएको छ ।

प्रिमियम डिजाइन, आधुनिक फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोङ्क्सले नेपालमा राम्रो बजार पाउने कम्पनीले विश्वास लिएको छ


Back_to_top