काठमाडौं । हुन्डाईको माइक्रो एसयूभी एक्सटरले भारतमा सुखद बिक्री सुरुवात गरेको छ । गत जुलाई १० तारिखमा सार्वजनिक भएको हुन्डाई एक्स्टर २० दिनमा ७ हजार यूनिट डिलरकोमा पठाइएको हो । यसलाई भारतमा होलसेल बिक्रीमा गणना गरिन्छ ।
हुन्डाईले माइक्रो एसयूभी सेग्मेन्टमा टाटा पन्चसँग प्रतिस्पर्धा गर्न ल्याएको एक्सटर निकौ चर्चा कमाउन सफल मोडल हो । जुलाईमा टाटा पन्चको बिक्री हुँदा १२ हजार ३४९ यूनिट बिक्री हुँदा एक्सटरले ७ हजार यूनिट पुरा गरेको हो ।
हुन्डाईले आफ्नो चर्चित ह्याचब्याक ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा उत्पादन गरेको एक्स्टरको ड्यासबोर्ड पनि नियोसबाटै प्रभावित भएको छ । एसी भेन्ट, ड्यासबोर्ड, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र इन्ट्रुमेन्ट क्लष्टर नियोसकै जस्तो छ ।
एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रि, ड्यास क्याम जस्ता फिचरहरु दिएर फुल्ली डोडेड एसयूभी बनाएको छ ।
निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ ।
आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाडा अटो शो २०२३ मा लक्ष्मीइन्टरकन्टिनेन्टल प्रालिले यसलाई प्रदर्शनी गर्ने तयारी गरिरहेको बुझिएको छ ।


