केटीएमका मोटरसाइकल किन्नेलाई ९.९% ब्याजदरमा कर्जा

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएम किन्न चाहने ग्राहकले बजारमा चल्तीको ब्याजदरभन्दा कम ब्याजदरमा कर्जा पाउने भएका छन् । कम्पनीले ९.९ प्रतिशत ब्याजदर आफ्ना मोटरसाइकल दिने स्कीम ल्याएको हो ।

केटीएमको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ९.९९ प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्न ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

कम्पनीले एकै पटक पुरा पैसा चुक्ता गरेर मोटरसाइकल खरिद गर्न नसक्ने ग्राहकहरुका लागि नयाँ फाइनान्स स्कीम ल्याएको हो ।

उक्त स्कीममा केटीएमका मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकममा ९.९९ प्रतिशत ब्याजदरमा १८ महिना भित्र चुक्ता गर्नु पर्ने हुन्छ ।

यो स्कीम अन्र्तगत केटीएम ड्यूक २५० किन्न चाहने ग्राहकले ३ लाख ६७ हजार डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसका अलावा बाकि रकम १८ महिनामा मासिक २२ हजार २४ रुपैयाँका दरले बुझाउनु पर्ने हुन्छ ।

केटीएम ड्यूक २५० को मूल्य ७ लाख ३४ हजार रुपैयाँ रहेको छ । हालै मात्र यो मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँले घटेको हो । यसअघि यसको मूल्य ७ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले यो स्कीममा केटीएमका सबै मोटरसाइकल किन्न सकिने जनाएको छ ।


Back_to_top