काठमाडौं । नेपालमा पछिल्लो एक हप्तादेखि विश्वकै सबैभन्दा स्पीड भएको मोटरसाइकलको नेपालमा चर्चा भइरहेको छ । चर्चित भारतीय मोटो भल्गर जाट प्रब्जोतले कावासाकी निन्जा एच २ लिएर नेपाल आएसँगै यो मोटरसाइकलको चर्चा बढेको हो ।
गत वर्ष उनी नेपाल आउँदै गर्दा गजुरीमा उनको भयानक दुर्घटना भएको थियो र एक वर्ष पनि नबित्दै उनी सोही मोटरसाइकलमा नेपाल आएका हुन् । यसकारण उनको झनै चर्चा भइरहेको हो ।
उनले गत वर्ष नयाँ मोटरसाइकल किनेर पहिलो पटक नै लामो यात्राका लागि नेपाल आएका थिए । उनले किनेको मोटरसाइकल संसारकै सबैभन्दा फास्टेस्ट मोटरसाइकल मध्यको एक हो । उनले नेपाल ल्याएको एच २ को टप स्पीड क्षमता २५० किलोमिटर प्रतिघन्टाभन्दा धेरै छ ।
यसकै एच २ आरले प्रतिघन्टा ४०० को स्पीडमा चलाएर विश्व किर्तिमान नै राखेको छ ।
कावासाकी निन्जा एचटू मा ९९८ सीसी क्षमताको लिक्वीड कूल्ड इनलाइन फोर सिलिन्डर सुपरचार्जड बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २३१ बीएचको ब्रेकहर्स पावर र १४१ एनएमको टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिइएको छ ।
२३८ किलोग्राम वजन रहेको यस मोटरसाइकलमा १७ लिटरको फ्यूल ट्याङ्क रहेको छ ।
यो मोटरसाइकलमा टीएफटी डिजिटल स्क्रीन पाउन सकिन्छ, जसमा ब्लूटूथ कनेक्टिभिटी, राइडिङ्ग लग्स, सर्भिस वार्निङ अपडेट, नेभिगेसन फ्युल लेवल आदिको जानकारी दिने काम गर्छ ।
एच २ सेल्फ हिलिँग पेन्टको साथमा उपलब्ध रहेको छ । कावासाकी एचटूमा ब्रिजस्टोन टायर, ब्रेम्बो क्यालीपर्स, फ्रन्ट र रियरमा डिस्क बे्रक, डुवल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, कु्रज कन्ट्रोल, पावर मोड, राइडिँङ मोड, लन्च कन्ट्रोल, स्पीडोमिटर एनालग, फुल एलइडी लाइट, हाइड्रोलिक एसिस्ट र स्लीपर क्लच जस्ता फिचरहरु रहेका छन् ।


