एमजी-४ र डल्फीनमा कुन राम्रो ? यी हुन् १३ फरक

काठमाडौं । नाडा अटो शो २०२३ आउन केबल २७ दिन मात्रै बाँकी रहेको छ । चार वर्षपछि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाडा अटो शोमा बीवाइडी र एमजीले आफ्नो ब्राण्ड न्यू इलेक्ट्रीक ह्याचव्याक मोडल सार्वजनिक गर्दैछन् ।

दुबै ब्राण्डले सार्वजनिक गर्ने विद्युतीय कार अहिले नै काठमाडौं आइपुगेका छन् । बीवाइडीले डल्फीन एक महिना अघिदेखि नै नेपालका सडकमा परिक्षण गरिरहेको छ । कम्पनीले विभिन्न स्थानमा लगेर यसको परिक्षण गरिरहेको हो ।

एमजीले पनि अघिल्लो साता काठमाडौं ल्याएको एमजी-४ अहिले सडकमा गुडाई रहेको छ । कम्पनीले ग्राहकलाई बिक्री गर्ने योजना बनाएको एमजी-४ र त्योभन्दा माथिल्लो गरी दुबै भेरियन्ट नेपाल ल्याएको हो ।

कम्पनीले ५१ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र ९९ किलोवाट मोटर क्षमतामा एमजी-४ बिक्री गर्ने योजना बनाएको छ ।

यी दुबै गाडीमा रहेका मुख्य १३ फिचरमा भएका फरक हेर्नुहोस् ।

माथि उल्लेख भएका भिन्नता बाहेक यी दुबै इलेक्ट्रीक कारमा भएका फिचर्समा रिभर्स पार्किङ क्यामेरा, पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, हिल होल्ड एसिस्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, रिमोर्ट स्टार्ट हुन् ।


Back_to_top