मूल्य बढेपनि प्रतिस्पर्धी माथि दबाद बढाउँदै ‘नेक्सन म्याक्स’

काठमाडौं । टाटाले भारतमा एक लाख यूनिट ईभी बिक्री गर्दा नेपालमा नेक्सनको बिक्री २ हजार ५०० यूनिट पुरा भएको थियो । भारतमा बिक्री सुरु भएको करिब एक वर्षपछि नेपाल आएको नेक्सनको बिक्रीलाई निकै दमदार मान्न सकिन्छ ।

सिप्रदीले नेक्सन ईभी नेपालमा बिक्री सुरु गर्नुअघि नै फास्ट चार्जरको नेटवर्क निर्माण गरेर गाडीका प्रयोगकर्तालाई ढुक्क हुने अवस्था सृजना गराएको थियो । नेपालभर केही महिनामा नै १९ स्थानमा फास्ट चार्जर राखेको सिप्रदीले १०० स्थानभन्दा धेरै ठाँउमा एसी चार्जर राखेको थियो ।

नेपाल आएदेखि नै नेक्सन ईभीले एउटा अलगै क्रेज बनायो । त्यो क्रेज अझै जारी छ । नेक्सन प्राइमको सफलता यसको मूल्यले पनि गराएको हो । सिप्रदीले ३८ लाखदेखि ४२ लाख रुपैयाँ मूल्य राखेर नेक्सन ईभी बिक्री गरेको थियो ।

त्यतिबेला पेट्रोल नेक्सनको फुल अप्सनको मूल्य ५५ लाख रुपैयाँ थियो । मूल्यमा १३ लाखको फरक र फिचर धेरै भएपछि मानिसले स्वाभाविक रुपमा ईभी प्रति चासो देखाए । अहिले पनि यसको बिक्री राम्रो संख्यामा भइरहेको छ ।

मूल्य बढेपनि नेक्सन म्याक्सले आफ्नो सर्भिस, चार्जिङ र सेल्स नेटवर्कको साथै ग्राउन्ड क्लियरेन्सको बलमा प्रतिस्पर्धी माथि दबाब बढाउँदै लगेको छ ।

प्राइम मोडलको सफलतापछि बढी रेन्ज चाहिने ग्राहकलाई लक्षित गरेर तीन महिना अघि नेक्सन म्याक्स नेपाल आयो । यसको अहिले मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ । जुन सरकारले बढाएको करसँगै २ लाख ५० हजारले मूल्य बढेर त्यति पुगेको हो ।

बजेटपछि अन्य प्रतिस्पर्धीले धेरै मूल्य बढाएनन् । तर, मूल्य बढेपनि नेक्सन म्याक्सले आफ्नो सर्भिस, चार्जिङ र सेल्स नेटवर्कको साथै ग्राउन्ड क्लियरेन्सको बलमा प्रतिस्पर्धी माथि दबाब बढाउँदै लगेको छ ।

प्राइम मोडलका सबै भेरियन्टमा सुरुको मूल्यमा २ लाख ५० हजार रुपैयाँले अहिले मूल्य बढिसकेको छ । अब सिप्रदीको ध्यान नेक्सन म्याक्समा देखिन्छ । फिचर धेरै, रेन्ज धेरै, ब्याट्री ठूलो र अन्य सुविधा थप भएको कारण म्याक्सले धेरैलाई आकर्षित पनि गर्नेछ ।

नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ । एआरएआईका अनुसार यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

ब्याट्रीको अलावा यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट जस्ता फिचर थप भएका छन् ।

त्यस्तै, सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको पनि सुविधा पाउन सकिन्छ ।


Back_to_top