कारभन्दा पावरफुल मोटरसाइकल, रेन्ज ४२० किमि (मूल्यसहित)

काठमाडौं । इटालीयन स्पोर्टस् इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी इनर्जीकाले उत्पादन गरेका प्रिमियम मोटरसाइकल नेपाल आएको छ । कम्पनीले उत्पादन गरेको सबैभन्दा कम मूल्यको ईगोसहितका ४ मोडल नेपाल आएको हो ।

विभिन्न ४ मोडलमा नेपाल आएको इनर्जीकाका इलेक्ट्रीक मोटरसाइकल टर्बो मोटर्सले नेपाल ल्याएको हो ।

कम्पनीले इगो, इगो आरएस, इएसएसइ इएसएसइ ९ र इभा रिवेल हाइ पर्फमेन्स मोटरसाइकल नेपाल ल्याएको छ । यी मध्ये सबैभन्दा सस्तो इगो मोडल हो । यसको मूल्य ४२ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ । सबैभन्दा महंगो मोडलको मूल्य ५८ लाख रुपैयाँसम्म छ ।

यस्तो छ ईगो

इनर्जीका ईगोमा १२६ किलोवाट पीक पावर भएको मोटर छ । यो मोटर नेपालमा उपलब्ध अधिकांश इलेक्ट्रीक कारको भन्दा ठूलो हो । यसले २१५ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड २४० किलोमिटर प्रतिघन्टाको रहेको छ ।

कम्पनीले यो प्रिमियम मोटरसाइकलमा २१.५ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री दिएको छ । यसलाई एकपटक फुलचार्ज गरेर ४२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

ईगोमा अर्वान, इको, वेट र स्पोर्टस् गरी ४ राइडिङ मोडमा उपलब्ध छ । यो मोटरसाइकलले स्पोर्टस् मोडलमा ० देखि १०० को स्पीड मात्र २.८ सेकेन्डमा पुरा गर्छ ।

कम्पनीले यसमा क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, पार्क एसिस्ट, टीएफटी डिस्प्ले, स्वीचेवल डबल च्यानल बोश्चको एबीएस जस्ता अत्याधुनिक फिचर दिएको छ ।

यो मोटरसाइकलमा कम्पनीले २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ ।


Back_to_top