ओलाले देखायो ४ मोडलका इलेक्ट्रीक मोटरसाइकल, एड्भेन्चरदेखि स्पोर्टस्सम्म

काठमाडौं । इलेक्ट्रीक दुईपाँग्रे सवारी साधन निर्माता कम्पनीले ओलाले ४ मोडलका फ्युचरस्टीक मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले भारतमा ओलाका ४ कन्सेप्ट मोटरसाइकलको सार्वजनिक गरेको हो ।

कम्पनीले रोडस्टार, एड्भेन्चर, क्रुजर र  स्पोर्टस डिजाइनको मोटरसाइकल प्रदर्शन गरेको हो ।

कम्पनीले एकै प्लेटर्फम चार मोटरसाइकल प्रदर्शन गरेको हो । कम्पनीले सार्वजनिक गरेको सबै मोटरसाइकलमा चेन ड्राइभ प्रयोग गरिएको छ भने क्रुजरमा स्पोटर्स मोडलमा भने बेल्ट ड्राइभ दिइएको छ । चारै मोटरसाइकल एलईडी लाइट्स, ७ इञ्च क्लस्टर, अपसाइड डाउन फर्क, १९/१७ इञ्च अलोय ह्वील जस्ता फिचर प्रयोग गरिएको छ ।

कम्पनीले कुनै पनि मोटरसाइकलको बारेमा जानकारी बाहिर ल्याएको छैन भने २०२४ मा यी मोटरसाइकलहरु बजारमा ल्याउने कम्पनीका सीईओ भाविष अग्रवालले जानकारी दिएका छन् ।

यसका अलावा अन्य कुनै पनि जानकारी दिइएको छैन् । प्रदर्शन गरिएको ४ मोटरसाइकल मध्य रोडस्टार मोटरसाइकल भने उत्पादनको फेजमा पुगेको अनुमान गर्न सकिन्छ ।


Back_to_top