काठमाडौं । भारतमा लगानी गर्ने र स्थानिय बजारमै कार उत्पादन गर्ने योजनालाई भारत सरकारले स्विकृति नदिएपछि बीवाइडीले चीनबाट भारत निर्यात गरेर इलेक्ट्रीक कार बिक्री गर्ने भएको छ ।
बीवाइडीले भारतमा एटो-३ भन्दा ठूलो साइजको मिडसाइज एसयूभी सि-लायनको ट्रेडमार्क भारतमा दर्ता गरेको हो । सि-लायनको ट्रेडमार्क दर्तासँगै बीवाइडीले अर्को नयाँ एसयूभी भारतमा लन्च गर्ने पक्का भएको हो । यसको बिक्री अहिलेसम्म चीनमा पनि सुरु भएको छैन ।
सि-लायनको लम्बाई ४७७० एमएम, चौडाई १९१० एमएम र उचाई १६२० एमएम छ । यो ईभीको ह्वीलवेस २९०० एमएम छ । बीवाइडीको कम्प्याक्ट एसयूभी एटो-३ बनेको ३.० ई प्लेटफर्ममा बनेको भएपनि सि-लायन ठूलो साइजको स्लोपिङ रुफ भएको कुप्पे डिजाइनमा देखिएको छ ।
बीवाइडी सि-लायनमा १५.६ इन्चको रोटेड टचस्कृन डिस्प्ले र १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्टल क्लस्टर दिएको छ । स्पाई सटमा देखिए अनुसार यो एसयूभी फ्ल्याट बटम स्टेरिङ ह्वील र बीवाइडीको नयाँ सेडान सिलमा जस्तै सानो साइजको ड्राइभ सेलेक्टर पाउन सकिन्छ ।

सि-लायनमा रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ अप्सन रहनेछ । यसमा १५० किलोवाट क्षमताको रियर ह्वील मोटर रहने छ । यसको टर्क ३१० एनएम छ । जुन, एटो-३ बराबर नै हो ।
त्यस्तै, अल ह्वील ड्राइभ भर्सनमा ड्यूल मोटर सेटअपले हुनेछ । यसमा ३९५ किलोवाट क्षमताको मोटर दिइएको छ । सि–लायन एसयूभीमा ८२.५ किलोवाट आवरको ब्याट्रीप्याक रहने छ । यसले सिंगल चार्जमा ७०० किलोमिटरसम्म रेन्ज दिन्छ । साथै, कम्पनीले भारतमा सिगलको ट्रेडमार्क दर्ता गराएको छ ।

