स्कर्पियो र बोलेरो पनि इलेक्ट्रीकमा आउने

काठमाडौं । भारतीय गाडी निर्माताहरु अहिले चल्तीमा रहेका आफ्ना मोडललाई इलेक्ट्रीकमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । यही क्रममा महिन्द्राले आफ्नो चर्चित मोडल स्कर्पियो र बोलेरो पनि इलेक्ट्रीकमा ल्याउने भएको हो ।

कम्पनीले गत मंगलबार दक्षिण अफ्रिकाको केपटाउनमा एक कार्यक्रमा आयोजना गरेर उक्त जानकारी दिएको हो । मंगलबारको कार्यक्रममा महिन्द्राले स्कर्पियो एन वेसको पीकअप र इलेक्ट्रीक थारको कन्सेप्टसमेत देखाएको थियो ।

उक्त कार्यक्रममा महिन्द्राका एक्जुकेटीभ डाइरेक्टर राजेश जेजुरिकरले समयक्रमसँगै आफ्ना सबै पेट्रोलियम इन्जिन भएका गाडीलाई इलेक्ट्रीक भर्सनमा ल्याउने घोषणा गरेका थिए ।

महिन्द्राले यसअघि नै एक्सयूभी ३०० को इलेक्ट्रीक भर्सन ‘एक्सयूभी ४००’ बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले आफ्नो प्रिमियम एसयूभी एक्सयूभी ७०० लाई पनि २०२५ मा ल्याउने घोषणा गरेको छ । यसको अहिले परिक्षणसमेत सुरु भएको छ ।

महिन्द्राले स्कर्पियो ई र बोलेरो ईमा फक्सवागेनले बनाएको मोटरको प्रयोग गर्ने भएको छ । यी दुबै एसयूभीमा रियर ह्वील ड्राइभ सेटअप हुनेछन् । महिन्द्राको स्कर्पियो ईमा भने ड्यूल मोटर सेटअपसहित अलह्वील ड्राइभ फङ्सन समेत रहनेछ ।

दुबै एसयूभीमा थार.ईमा प्रयोग भएको ‘इनग्लो’ इन्डिया ग्लोवल प्लेटफर्मको रग्ड पी–१ भर्सन प्रयोग हुनेछ । जसको कारण यी एसयूभीमा अफरोड क्यारेक्टर पाइन्छ । इनग्लो प्लेटफर्मको अरु भर्सन भने पक्की बाटोका लागि बनाइने एसयूभीमा प्रयोग हुने कम्पनीले जनाएको छ ।

महिन्द्राले बोलेरो र स्कर्पियो इलेक्ट्रीक भर्सन ल्याउने घोषणा गरेपनि यसको बिक्री सन् २०२६ मा मात्रै हुनेछ । यसअघि नै कम्पनीको लाइनअपमा २०२४ देखि २०२६ अप्रिलसम्म ल्याउने ४ मोडल तयार हुँदैछन् ।


Back_to_top