यामाहाले ल्यायो YZF-R-125, कम सीसीमै बेजोड पावर

यामाहा मोटर्सले मेकानिकल परिमार्जनका साथै कस्मेटीक परिवर्तनसहित निर्माण गरेको २०१९ वाजेडएफ–आर–१२५ आज जर्मनीबाट सार्वजनिक गर्ने भएको छ । अाज सार्वजिनक भएपिन यसको ब्यवसायीक बिक्री वितरण भने २०१९बाट सुरुगर्ने कम्पनीले जनाएको छ । 

आजबाट जर्मनीमा सुरु हुने इन्टरमोट मोटरसाईकल शोमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । वाईजेड–एफआर–१५ भी–३.० र आउँदै गरेको मोडल वाईजेड–एफआर–३ मा आधारित यो मोटरसाइकलमा नयाँ मेकानिकल परिर्वतन गरिएको छ । 

टुइन–पोड फूल एडईडी हेडलाईटको प्रयोग गरिएको मोटरबाइक हेर्दा निकै अग्रेशिभ देखिएको छ । साथै, यसमा दिइएको नयाँ एलइडी डिस्प्ले, गियर पोजिसन इन्डिकेटर, सिफ्ट टाइमिङ लाइट तथा भीभीए टेक्नाेलाेजि जस्ता फिचरले बाइकलाई आर्कषक बनाएको छ ।  

१२५ सीसी सेग्मेन्टमा आधारित यस मोटरसाइकलमा ११ लिटर फ्यूल क्षमताको ट्याङ्की दिइएको छ । इन्धनको ट्याङ्कीको पछाडि स्टीपअप, स्प्लीट–सेडल दिनुको साथै, पछाडिको भागमा थुप्रै परिर्वतन गरिएको छ । 

यसअघिको मोडलमा दिइएको डियुल टोनलाई यसमा निरन्तरता दिइएको छ । तर, यसपटक कलर कम्बिनेसनमा अझबढी ध्यान दिइएको छ । यसमा डेल्टा–बक्स फ्रेमलाई निरन्तरता दिइएको छ । यसमा प्रयोग भएको हाडवयर पुरानो मोडलको जस्तै रहेको छ । बाइकको अघिल्लो भागमा टेलिस्कोपिक सस्पेन्सन र पछाडिको भागमा मनोसक युनिट दिइएको छ । 

कुल तौल १४२ किलोग्राम रहेको यस बाइकमा १२५ सीसी लिक्विड कुल्ड ४ भल्भ इन्जिन छ, जसले १५ बीएचपी पावर र १२.४ एनएम–टर्क उत्पादन गर्छ । यसमा ६–स्पीड गियरबक्स लगाइएको छ । 


Back_to_top