आइएमई पेको १० रुपैयाँमै हवाई यात्रा योजना

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । 

उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पे बाट टिकट खरिद गर्ने यात्रु महानुभावहरूमध्ये प्रत्येक दिन ६ (छ) जना भाग्यशाली विजेताले रू. दश (१०) वाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउनुहुनेछ । 

यो योजना २०७५ साल असोज १७ गतेदेखि ३१ गतेसम्म गरी जम्मा १८ (अठार) दिन कायम हुनेछ ।

झन्डै पन्ध्र (१५) हजार एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी  हो । 


Back_to_top