नाडा अटो शो २०२३: स्पोर्टी कम्यूटर मोटरसाइकल प्रदर्शन गर्दै होन्डा

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारतीय बजारमा गत महिना सार्वजनिक गरेको ‘एसपी-१६०’ नेपाल ल्याउने भएको छ । कम्पनीले भदौ २६ गतेदेखि हुने नाडा अटो शोमा प्रदर्शन गर्नका लागि एसपी १६० नेपाल ल्याउन लागेको हो ।

होन्डाले १२५ सीसी सेग्मेन्टमा पपुलर रहेको नेम ट्याग एसपीमा बनेको १६० सीसीको स्पोर्टी कम्यूटर मोटरसाइकल ल्याउने भएको हो ।

नेपालमा होन्डा साइन एसपी चर्चित मोटरसाइकल रहेको छ । यसका साथै नेपालमा फ्यामिली मोटरसाइलको रुपमा परिचित यूर्निकर्नको स्पोर्टी भर्सनको रुपमा होन्डा एसपी-१६० सार्वजनिक गरेको हो ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारि विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले नाडा अटो शोमा डिओ १२५ सँगै एसपी १६० समेत प्रदर्शन गर्ने भएको हो । कम्पनीले डिओको विक्रीसमेत सुरु गर्नेछ भने एसपीको १६० को प्रदर्शनको लागि मात्रै हुने कम्पनी स्रोतले बतायो ।

होन्डा एसपी-१६०मा सिंगल डिस्क तथा डबल डिस्क भर्सनमा उपलब्ध छ । नेपालमा कुन भर्सन प्रर्दशनको लागि आउँछ भन्ने एकिन भएको छैन ।

होन्डा इन्डियाले सिंगल डिस्क भर्सनको १ लाख १७ हजार ५०० रुपैयाँ र डबल डिस्क भर्सनको १ लाख २१ हजार ९०० भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

यसको एलईडी हेडल्याम्प, एसपी-२५ को डिजाइनसँग मिल्दो रहेको छ । यसको रियरमा भी-सेप एलईडी टेल लाइट दिइएको छ ।

डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरको साथ आएको एसपी-१६० को स्कृनमा गियर इन्डिकेटर, फ्यूल लेभल, ट्रिप मिटर, माइलेजको अवस्था हेर्न सकिन्छ ।

एसपी-१६० मा १६२.७१ सीसी सिंगल सिलिन्डर, बीएस ६ फेज २ इन्जिन रहेको छ । यसले १३.४ पीएस पावर तथा १४.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स पाउन सकिन्छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा मोनोशक सस्पेन्सनका साथ सिंगल च्यानल एबीएस उपलब्ध छ ।


Back_to_top