बजाजको टिकटक च्यालेन्ज, टिकटक बनाएर राइडिङ गियर जित्न सकिने

काडमाडौं । बजाज मोटरसाइकले टिकटक च्यालेन्ज कार्यक्रम ल्याएको छ । यस च्यालेन्ज अन्तर्गत ‘जिन्दगी सररर पल्सर बाइकमा’ भन्ने गीतमा टिकटक बनाएर विभिन्न पुरस्कार जित्न सकिने छ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाचन्द एण्ड कम्पनीका अनुसार विजेताले राइडिङ ग्लभ्स, हेलमेट, राइडिङ ज्याकेट, माेवाइल फाेन साथै विभिन्न एशोसरिजहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

यो टिकटक च्यालेन्जमा जो कोहीले पनि सहभागीता जनाउन सक्ने कम्पनीले जनाएको छ । यो च्यालेन्जमा सहभागी हुन बजाज नेपालको टिकटक ह्यान्डलाई फलो गरेर ‘जिन्दगी सररर पल्सर बाइकमा’ भन्ने गीतमा टिकटक बनाउनु पर्ने हुन्छ ।

कम्पनीका अनुसार मोटरसाइकलमा मात्र नभएर कुनै पनि प्रकारको अभिनय गरेर बजाजको ‘जिन्दगी सररर पल्सर बाइकमा’ भन्ने गीतमा टिकटक बनाएर पोष्ट गर्नु पर्ने हुन्छ । उक्त भिडियोको लाइक र भ्यूजका आधारमा विजेता छनोट हुने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो च्यालेन्जको पहिलो चरणको विजेता घोषणा चरणबद्ध रुपमा गरिने छ । यो च्यालेन्ज फेस्टीभ सिजन भरी जारी रहने कम्पनीले जनाएको छ ।


Back_to_top