सुजुकी टु हुइलरले डर्ट बाइक डीआर–जेड–५०, आरएम–जेड–२५० र आरएम–एक्स–४५० जेड भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले यसअघि यी मोडलमध्ये दुईवटा मोडल आरएम–जेड–२५० र आरएम–जेड–४५० सार्वजनिक गरिसकेको छ । यी डर्ट बाइक निकै आर्कषक रहेका छन्, सार्वजनिक भएका दुई मोडलको मूल्य आरएम–जेड–२५०को ७ लाख भारतीय रुपैयाँ र आरएम–जेड–४५० को ८ लाख ३१ हजार भारतीय रुपैयाँ रहेको छ ।
सुजुकी आरएम–जेड–२५० र सुजुकी आरएम–जेड–४५० मोडल ट्रयाक स्पेसिफिक रहेको छ भने पब्लिकरोडमा यसको प्रयोग गरिँदैन । यो मोटरसाइकलमा हेडलाइट, टेललाइट, ब्लिङ्कर तथा रियर–भ्यू मिररहरू केही पनि उपलब्ध छैन ।
सुजुकी मोटरसाइकल इन्डियाका म्यानेजिङ ड्राइरेक्टर सतोसी उचिडाकाअनुसार कम्पनीले भारतीय गाडीको अफ–रोडिङ र एड्भेञ्चर राइडिङ्ग एक्स्पेरियन्समा कम्पनीले आफ्नो पकड जमाएको छ । रेसिङ्ग तथा एड्भेन्चर क्याटागोरीका मोटरसाइलहरूको मागमा वृद्धि गर्न कम्पनीले यस्तो मोटरसाइकल ल्याएको हो
२०१९ सुजुकी आरएम–जेड–४५० मा ४४९ सीसी, फोर–स्ट्रक, फ्यूल–इन्जेक्टेड, डीओएचसी इन्जिन लगाइको छ । यस मोटरसाइकलमा आरएम–जेड–४५० को सुजुकी होलसट एसिस्ट कन्ट्रोल (एस–एचएसी) ३ मोडमा उपलब्ध रहेको छ । यो मोटरसाइकलमा व्यालेन्स फ्रि–रियर कौसन (बीएफआरसी) प्रविधि प्रयोग गरिएको छ । यस मोटरसाइकलको फ्रन्टमा २१ इञ्च ह्वील र रियरमा १८ इञ्च ह्वील प्रयोग गरिएको छ । आरएम–जेड–४५० मा ११२ केजी (कर्व) र ३३० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
सुजुकी आरएम–जेड–२५० मा २४९ सीसी, फोर–स्ट्रक, फ््यूल–इन्जेक्टेड, डीओएचसी इन्जिन दिइएको छ । यो आरएम–जेड–४५० भन्दा थोरै हलुङ्गो छ । यसको तौल १०६ किलोग्राम रहेको छ, आरएम–जेड–२५० मा ३४५ एमएम हाइअर–ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
सुजुकी मोटरसाइकल इन्डियाले डीआर–जेड–५० र आरएमएक्स–४५० जेडबारेमा भने खासै जानकारीहरू सार्वजनिक गरेको छैन । आरएमएक्स–४०५ जेडमा ४४९ सीसी, फोर–स्ट्रक, लिक्विड, सिङ्गल सिलिन्डर इन्जिन दिइएको छ, जुन आरएम–जेड–४५० मा पनि दिइएको छ । यो मोटरसाइकलमा इन्डुरो–राइडिङ्गका लागि हेडलाइट पनि दिइएको छ ।
डीआर–जेड–५० मा ४९ सीसी, फोर–स्ट्रक, एयरकुल, सिङ्गल–सिलिन्डर इन्जिन दिइएको छ । यस मोटरसाइकलको तौल ५४ केजी रहेको छ ।

