संसारभरका चर्चित अटो उत्पादक निर्माता कम्पनी फ्लाइङ्ग कार निर्माणमा जुटेका छन् । बोइङ्ग, टेर्राफ्यूजिया, सुवारुजस्ता कम्पनीले यस प्रयासलाई निरन्तरता दिइरहेका छन् । यसैबीच, जापानको चर्चित अटोमोबाइल कम्पनी टोयोटाले डबलमोड–कार निर्माणमा लाग्ने तयारी गरेको छ । यो कारमा ह्वील रोट्र्सको प्रयोग गरिएको छ । यो नयाँ पेटेन्टले मोभिलिटीको क्षेत्रमा नयाँ अध्याय थप्ने कम्पनीको दाबी छ ।
कम्पनीले यसको विस्तृत विवरण सार्वजनिक भने अहिलेसम्म गरेको छैन । तर, मिडिया रिपोर्टका अनुसार ड्रोनको आकारमा देखिने फ्लाइङ्ग कारमा विश्वास नै नलाग्ने विशेषता समेटिने छ । संसारभर टोयोटा फ्लाइङ्ग कारको पेटेन्ट दर्टागर्ने एकमात्र कम्पनी बनेको छ । सामान्य फ्लाइङ्ग कारमा विङ्गफिक्स लगाइएको हुन्छ, तर यसमा पखेटा राखिएको छैन ।

यसमा समान्य राउटरको प्रयोग गरिएको छ । यसले जमिनबाट कारमाथि उठाउन मद्दत पुर्याउँछ । साथै, सामान्य कारलाई जस्तै सडकमा चलाउन सकिन्छ । हावामा छँदा यो कारले बोइङ्ग वी–२२ एस्प्रेले जस्तै काम गर्ने गर्छ । अमेरिकन मिलिट्रीको एयरक्रास्ट बोइङ्ग वी–२२ एस्प्रे आफू रहेको स्थानबाट भर्टिकली हावामा उड्न र रन्–वेमा दौडन सक्छ ।

टोयोटाले सोही प्रविधिको अवलम्वन गर्र्दै फ्लाइङ्ग कार निर्माण गर्ने तयारी गरेको हो । यो कारलाई सिधै सेन्ट्रल प्वाइन्टबाट अपरेट गर्न सकिन्छ । यसमा लगाइएको पाङ्ग्राले राउटको काम गर्ने गर्छ । राउटरको काम गर्ने पाङ्ग्राले जमिनको सतहमा ल्यान्ड गर्न सहज बनाउँछ । विशेषतः यसमा पिस्टन लगाइएको हुन्छ । साथै, टरबाइन जेनेरेटर, हाइड्रोजन फ््यूल सेल र ब्याट्रीको प्रयोग गरिएको छ । कम्पनीले यो योजनालाई पेटेन्टमार्फत् अगाडि बढाएको छ ।

