काठमाडौं । डिजेल र पेट्रोलको मूल्य लगातार उकालो लागिरहेको छ । सवारी चालक कहिले पेट्रोलको अभाव त कहिले महङ््गो मूल्य तिर्नुपर्ने बाध्यतामा पर्छन् ।
विशेषतः दुईपाङ्ग्रे सवारी चलाउनेलाई इन्धनको बढ्दो मूल्यले निकै सताउने गर्छ । तर, एक लिटर पेट्रोलले निकै माइलेज प्रदान गर्ने मोटरसाइकले भने यस्तो अवस्था राहात प्रदान गर्न सक्छन् । बजारमा उपलब्ध धेरै माइलेज प्रदान गर्ने पाँच मोटरसाइकलको सूची यस्तो छ ।
बजाज प्लाटिना
बजाज मोटरसाइकलद्वारा उत्पादित यो मोटरसाइकल आकारमा निकै सानो र हल्का देखिन्छ । यसले प्रतिलिटर १०४ किलोमिटको माइलेज प्रदान गर्छ । यसमा १०२ सीसी क्षमताको सिङ्गल सिलिन्डर लगाइएको छ ।
यसले ८.१ बीएचपी पावरकासाथै ८.६ एनएम–टर्क उत्पादन गर्छ । नेपाली बजारमा प्लाटिनाको मूल्य १ लाख ६१ हजार ९ सय रहेको छ ।
टीभीएस स्पोर्ट
टीभीएस स्पोर्टको बेस्ट सेलिङ्ग मोटरसाइकल टीभी एस स्पोट्र्स दमदार माइलेज प्रदान गर्ने मोटरसाइकलअन्र्तगत पर्छ । यसले प्रतिलिटर ९५ किलोमिटर माइलेज प्रदान गर्छ । यो मोटरसाइकल एआरएआईद्वारा सर्टिफाइड रहेको छ ।
यसमा १०९ सीसी क्षमताको सिङ्गल सिलिन्डर एयरकुल्ड फोर–स्ट्रोक इञ्जिन लगाइएको छ । यसले ७.४ बीएचपी पावरकासाथै ७.५ एनएम–टर्क उत्पादन गर्छ । फोर–स्पीड गियरबक्स ट्रान्समिसन दिइएको यो मेटसाइकलको मूल्य नेपाली बजारमा १ लाख ५६ हजार तोकिएको छ ।
बजाज सिटी–१००
माइलेजको हिसाबमा उत्कृष्ट मानिएको यो मोटरसाइकल नेपालमा समेत निकै चर्चित रहेको छ । यसले प्रतिलिटर ९० किलोमिटरको माइलेज प्रदान गर्छ । यसमा उपलब्ध ९९.२७ सीसी क्षमताको इञ्जिनले ८.१ बीएचपी पावरकासाथै ८.२४ एनएम–टर्क उत्पादन गर्छ । यसमा फोर–स्पीड गियरबक्स ट्रान्समिसन लगाइएको छ ।
टीभीएस स्टार सिटी–प्लस
टीभीएसद्वारा उत्पादित अर्काे उत्कृष्ट माइलेज प्रदान गर्ने मोटरसाइकल हो, स्टार सिटी–प्लस । यसले प्रतिलिटर ८७ किलोमिटर माइलेज प्रदान गर्छ । कम्पनीकाअनुसार यो एआरएआई सर्टिफाइड मोटरसाइकल हो । यसमा नयाँ ड्यूलटोन कलर भेरियन्ट दिइएको छ । यसमा उपलब्ध ११० सीसी क्षमताको सिङ्गल सिलिन्डर ईकोथ्रस्ट डीएलआई इञ्जिनले ८.३ बीएचपी पावरकासाथै ८.७ एनएम–टर्क उत्पादन गर्छ । यसमा फोर–सिप्ड गियर ट्रान्समिसन लगाइएको छ ।
महिन्द्रा सेन्टुरो
महिन्द्राको दमदार मोटरसाइकल सेन्टुरोले प्रतिलिटर ८५ किलोमिटरको माइलेज प्रदान गर्छ । एआरएआईद्वारा सर्टिफाइड यो मोटरसाइकलमा लेटेस्ट फिचर्स एन्टीथेफ्ट अलार्म, इञ्जिन मोबिलाइजर, फाइन्ड मी–म्याप, रिमोट–फ्लिपकि एन्ड गाइड उपलब्ध छ । यसमा १०६ सीसी क्षमताको सिङ्गल सिलिन्डर फोर–स्ट्रोक एयरकुल्ड इञ्जिन एमसीआई ५ इञ्जिन लगाइएको छ । यसले ८.५ पीएस पावर उत्पादन गर्छ । नेपाली बजारमा यसको मूल्य एक लाख ६१ हजार ५०० रुपैयाँ रहेको छ ।