काठमाडौं । ड्याटेसनले चार्डपर्वमा सहज र सुलभ मूल्यमा सवारी बिक्री गर्ने योजना अनुरुप मासिक किस्ता न्यूनतम ८ हजार ४ सय १ रुपैयाँ तिरेर गाडी किन्न सकिने योजना सार्वजनिक गरेको छ ।
पायोनियर मोटोकर्पले चाडपर्वको अवसरमा ‘फेस्टिभ हटडिल’ योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
‘हामीले रेडी गोमा मासिक ८ हजार ४ सय १ रुपैयाँ किस्ता तिरेर गाडी किन्ने ब्यवस्था गरेका छौ, अब ग्राहकले मोटरसाईकलको किस्तामा गाडी चढ्न सक्ने छन्’ पायोनियर मोटोकर्पका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।
रेडी–गो खरिद गर्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेइमेन्ट गर्नु पर्ने छ । कम्पनीले बिक्री मूल्य १५ लाख ३२ हजार रुपैयाँ तोकेको यो गाडीमा १ लाख २६ हजार रुपैयाँ छुट दिनेछ । त्यसपछि ७ लाख डाउन पेइमेन्ट तिरेपछि ग्राहकले गाडी लिन सक्ने उनले जानकारी दिए ।
यसरी बाँकी रहेको ७ लाख ४ हजार रुपैयाँलाई १५ वर्षको लोन बनाउँदा मासिक रुपमा शो रकम तिरे पुग्ने उनले जानकारी दिए । उक्त गाडीमा लगानी भने एनआईसी एसिया बैंकले गर्ने छ ।
साथै कम्पनीले १ वर्षको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षका लागि सडक कर छुटको ब्यवस्था गरेको छ ।
साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ डाट्सनसँग साट्न पनि पाउनेछन् । कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा पनि प्रदान गरेको जनाएको छ ।

