यो पल्सर एनएस २०० नै हो ? यस्तो छ इनसाइड स्टोरी

२०० सीसी सेग्मेन्टमा बजाज पल्सर एनएस २०० फास्ट स्ट्रिट नेकेट मोटरसाइकलको रुपमा परिचित छ ।  केटीएम ड्युक २०० मा आधारित यो पल्सर बाइक अन्तर्राष्ट्रिय बजारमा निकै चर्चित मोडलमा पर्छ ।

स्ट्रिट नेकेट मोडल भएकाले यसलाई मोडिफाई बजारमा सबैभन्दा धेरै परिमार्जन गर्ने गरिएको छ । यहाँ त्यस्तै एउटा मोडिफाई गरिएको पल्सर एनएस २००को बारेमा हामी तपाईलाई जानकारी दिदैछौं । भियतनामका मोडिफाईकर्ताले यसलाई कावासाकी जेड–१००० सुपरबाइक जस्तै देखिनेगरी मोडिफाई गराएका छन् । 

मोडिफाईको क्रममा यसको इन्जिनमा समेत व्यापक परिमार्जन गरिएको छ । यसमा रहेकको १९९ सीसीको इन्जिनलाई परिर्वतनगरी ३५० सीसीको इन्जिन दिइएको छ ।  मोटरसाइकलमा नयाँ विन्डसिल्ड, कार्बन फाइबर ह्यान्डलबार, सिआरजी क्लच ब्रेक र क्लच लिभर्सको प्रयोग गरिएको छ । साथै, यसमा आर्कषक फ्युल ट्यांक, फुल्ली डिजीटल कन्सोल दिइएको छ । 

परिमार्जित बजाज पल्सर एनएस २०० निक्कै शक्तिशाली बनेको मोडिफाई गर्ने कम्पनीले दाबी गरेको छ ।  


Back_to_top