दशै-तिहारमा कुन गाडी बिक्रेता कम्पनीको कस्तो अफर

काठमाडौं । नेपालीहरुको महान चाड दशैं–तिहार आउन एक साता मात्रै बाँकी रहेको छ । नाडा अटो शो २०१८ को सुरुवात सँगै गाडी किन्ने माहोल बनाउन लागिपरेका अटो बिक्रेता कम्पनीहरु नौ रथा लागेसँगै बिक्री बढाउने तरखरमा रहेका छन् । 

अन्य समयको तुलनामा चार्डपर्वको बेला बिक्रै निकै बढ्ने गरेको छ । यो समयमा कम्पनीहरुले बार्षिक सेल्सको झण्डै ४० प्रतिशत बिक्री यहि समयमा गर्ने गरेका छन् । यस वर्षको चाडपर्वलाई लक्षितगर्दै विभिन्न कम्पनीले स्किम तथा अफर योजना सावृजनिक गरेका छन् हेरौं कुन कम्पनलिे कस्ता अफर ल्याएका छन् । 

मारुती सुजुकी


मारुतीको लागि नेपालको आधिकारीकवितरक अरुण इन्टरकन्टिेनन्टल ट्रेडर्सले दशै तिहारलाई लक्षितगर्दै बम्पर सेभिङ अफर ल्याएको छ । कम्पनीले दशैं तिहार लक्षित क्याम्पेनमा क्यास डिस्काउन्ट अफर ल्याएको छ । सुजुकीको जुनसुकै मोडल खरिद गर्दा २ लाखसम्म छुट दिनुका साथै स्क्राच कार्ड मार्फत १ लाखसम्म डिस्काउन्ट दिने कम्पनीले जनाएको छ । साथै, १ लाखसम्म  एक्सजेन्च बोनस दिइने छ । सुजुकीले २०१७मा उत्पादीत मोडलमा विशेष डिल गर्ने भएको छ ।

हुन्डाई


नेपालको लागि हुन्डाई कारका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशै तिहार र छठलाई लक्षितगर्दै फेस्टिभ डिलार्इट अफर ल्याएको छ । हुन्डाईले ल्याएको यो अफर नोभेम्बर १३ सम्म संचालन हुनेछ । हुन्डाईले आफ्ना सम्पूर्ण मोडलको कारको खरिदमा  यो स्किम लागू गरेको छ । कम्पनीले पहिलो स्किम स्वरुप आकर्षक क्यास डिस्काउन्टका साथै १ वर्षको इन्स्योरेन्स फ्रि गर्ने जनाएको छ। साथै, स्क्राच कार्ड मार्फत १ लाख सम्मको छुट र १०० जना भाग्यशाली ग्राहकलाइ १० ग्राम सुन प्रदान गर्ने छ ।

सबैभन्दा ठूलो आकर्षण बम्पर पुरस्कार अन्तरर्गत हुन्डाईले एकएकवटा क्रेटा र आइ(२० याक्टिभ कार प्रदान गर्ने जनाएको छ । हुन्डाइका सबै मोडलका कारहरूमा ३ वर्षको वारेन्टका रहेको जनाएको छ । साथै ४ वर्ष सम्मको सर्भिसिङ तथा चालु आर्थिक वर्षभरिको रोड ट्याक्स र स्वामित्व  हस्तान्तरण शुल्क पनि निशुल्क गर्ने जनाएको छ । 

टाटा


त्यस्तै टाटा मोटरको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिंगले सुपर सटका साथै लक्की ड्रको विशेष अफर ल्याएको छ । कम्पनीकाअनुसार जुनुसुकै कार खरिदगर्दा दुई लाखसम्म नगद छुट, एक आर्थिक वर्षभरिको निःशुल्क सडक दस्तुर, एक थान आइफोन एक्सको अफर गरेको छ । साथै २५ हजार बराबरको एशेसोरिज तथा एक वर्षको इन्स्योरेन्सको अफर राखिएको कम्पनीले जनाएको छ । 

टोयोटा 


टोयोटाले दशैंलाई लक्षित गरेर नयाँअफर योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफरमा तत्कालै एक्स्चेन्ज सुविधा, एक वर्षको सडक दस्तुर, हरेक खरिदमा सरप्राइज उपहार राखेको कम्पनीले जनाएको छ । 

कम्पनीले यस दशैंमा रस एसयूभीलाई केन्द्रमा राखेर प्रचार प्रसार र बिक्रीवितरण गर्दै आएको छ । सथै यी आफर कम्पनीले ल्यान्डक्रुजर प्राडो, र्फच्यूनर, र्याभ४, हाइलक्स र नयाँ इटियोसमा समेत लागुहुने जनाएको छ ।   

फोर्ड 


फोर्डको लागि नेपालको आधिकारीक वितरक जिओ अटोमोबाइल्सले दशै तिहार, छठ लगायतका चाडपर्वलाई लक्षितगर्दै बम्पर तथा क्यास डिस्काउन्टको अफर ल्याएको छ । कम्पनीले इकोस्पोर्ट, रेन्जर, एस्याएरलगायत सबै मोडलमा फेस्टिभ अफर ल्याएको हो । कम्पनीकाअनुसार स्योर सट अफर अन्र्तगत म्याक बुक प्रो, सामसुङ ग्यालेक्सी, वान प्लस६, सामसङ ४० इन्च एलइडी टिभी, आईप्याड ९.७ उपलब्ध गराउने जनाएको छ । त्यस्तै क्यास डिस्काउन्टका साथै, बम्पर उपहारमा पाँच जोडीलाई ४ रात ५ दिनको स्विजरल्यान्ड भ्रमणमा लाने जनाएको छ । 

ड्याट्शन


ड्याट्शन र निशान कम्पनीका लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटो कर्पले ड्याट्शनगो, ड्याट्शनगो प्लस र ड्याट्शन रेडिगो लगायतका मोडलमा ‘हट डिल अफर’ ल्याएको छ । यस कार्यक्रम अन्तर्गत १५ लाख २५ हजारदेखि २७ लाख ४९ हजार रुपैयाँ एमआरपी उल्लेख भएको गाडीमा ३ लाख ३५ हजारसम्मको छुट दिने कम्पनीले जनाएको छ । साथै नगद छुट १ लाख ७५ हजारसम्मको नगद छुट दिने कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक गाडीको खरिदमा  २७ हजार मूल्य बराबरको एउटा स्मार्टफोन, एक वर्षको गाडीको इन्स्योरेन्स, १ लाख ६ हजार मूल्य बराबरको थप एसोसोरिज, ठाँउका ठाउँ फाइनान्स सुविधा, एक्स्चेन्ज सुविधा, एक वर्षको सडक दस्तुर, तीन वर्षको वारेन्टि दिने उल्लेख गरेको छ । कम्पनीकाअनुसार ड्याट्शन रेडी गो कार सबैभन्दा कम ८ हजार ४०१ मासिक किस्तामा किन्न पाउने छन् ।

रेनो


रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनी प्रालीले  दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको हो ।

‘रेनो शुभलाभ’ लाई शुभ र लाभबाट लिइएको हो, जसले राम्रो र समृद्धीलाई बुझाउँछ । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा रहेको छ । यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो स्किम रेनोको डस्टर, क्याप्चर र  क्विडमा लागु गरिएको छ ।


Back_to_top