चार तस्बिरमा हेर्नुस्, नयाँ हुन्डाई सेन्ट्रो

अक्टोबर २३ मा सार्वजनिक गर्ने तयारी गरिएको हुन्डाई सेन्ट्रोको केही तस्विर अटोकार इन्डियाले सार्वजनिक गरेको छ । 

अटोकारले स्पाई फोटो सार्वजनिक गर्दै लेखेको छ । यो कार अक्टुवर ९ मा पूर्णरुपमा देखाइने छ र १० तारिकबाट बुकिङ खुल्ला हुने छ । 

तस्विरमा यो कार निकै बोल्ड देखिएको छ । फ्रन्टमा निकै ठूलो ब्ल्याक फ्रेममा सजाइएको ग्रिलको प्रयोग गरिएको छ । साथै कारमा टुथसेप्ड फगल्याम्प दिइएको छ । 

सार्पली कट हेडल्याम्प दिइएको कारमा इन्टेरिएरलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडिएको देख्न सकिन्छ । यसको क्याबिन निकै प्रिमियम देखिएको छ । क्याबिनमा प्रयोग भएको डियुल टोनले क्याबिन निकै स्पोर्टी देखिएको छ । 

यो सेग्मेन्टमै पहिलो ७ इन्च इफोटेन्टमेन्ट सिस्टम दिइएको यसमा क्लाईमेट कन्ट्रोल सिस्टम समेत दिइएको छ ।  

नयाँ सेन्ट्रोमा १.१ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले ६९ पीएस पावर र ९९ एनएम टर्क उत्पादन गर्छ । ५ स्पीड म्यानुयल ट्रान्समिसन दिइएको काले एआरआइ सर्टिफाइड माइलेज प्रतिलिटर २०.१ किलोमिटर दिने छ ।  नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्यूसन (इबीडी) लगायतका सेफ्टी फिचरहरु दिइएको छ । 


Back_to_top