पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । हिजो नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि मन्त्रीपरिषद्ले फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

शनिबार निगम सञ्चालक समितिको बैठक बसेर पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँले मूल्य बढाएको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । ग्यासमा एकै पटक २१५ रुपैयाँ मूल्य बढाएपछि सरकारको सर्वत्र आलोचना सुरु भएको थियो ।


Back_to_top