स्कोडाको कार किन्नेलाई पाँच वर्ष परिवर्तन नहुने ८.९९% ब्याजदर

Skoda Car

काठमाडौं । स्कोडाको आधिकारीक बिक्रेता एमएडब्लू स्पान्जेले आफ्नो कार किन्ने ग्राहकलाई ध्यानमा राख्दै ५ वर्षसम्मको लागि अपरिवर्तनीय ब्याजदरमा गाडी दिने स्कीम ल्याएको छ । कम्पनीले ८.९९ प्रतिशत ब्याजदरमै यस्तो स्कीम ल्याएको हो ।

अहिले परिवर्तन हुने ब्याजदरमा ११ प्रतिशत हाराहारीमा चलिरहेको समयमा नै कम्पनीले ८.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएको हो । स्कोडाले यो कर्जा सुविधा बैंकसँग सहकार्य गरेर ल्याएको जनाएको छ ।

कम्पनीको यो स्कीम ब्यक्तिगत ग्राहक र संस्थागत ग्राहक दुबैले पाउने छन् । डाउन पेमेन्टको हकमा ब्यक्तिगत ग्राहकले मूल्यको ५० प्रतिशत र संस्थागत ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्नेछ ।

स्कोडाले ल्याएको यो स्कीम एसयूभी कुशक, कोडियाक तथा सेडान अक्टीभीया र स्लाभिया सबै मोडलमा उपलब्ध हुनेछ ।

चेक ब्राण्ड स्कोडाको कुशक एसयूभी नेपालमा राम्रो संख्यामा बिक्री भएको मोडल हो । भारतीय बजारमा उत्पादन भएको कुशक २ वर्षअघि नेपाल आएको थियो । निकै प्रतिस्पर्धी सेग्मेन्टमा उपलब्ध कुशक अहिले पनि स्कोडाको चल्तीको मोडल हो ।

प्रिमियम एसयूभी खोज्नेलाई स्कोडा कोडियाक राम्रो विकल्पको रुपमा रहेको छ । त्यस्तै भारतीय बजारमा उत्पादन भएको स्लाभिया मोडल पनि नेपालमा केही दिन अघि मात्रै बिक्री सुरु भएको हो । यी सबै मोडल किन्ने ग्राहकले ५ वर्षको लागि ८.९९ प्रतिशत अपरिवर्तनिय ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनेछ ।


Back_to_top