काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुजुकीको सबैभन्दा ठूलो बजार भारत हो । कम्पनीले भारतमा ४२ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले भारतीय बजारलाई नै भ्यानमा राखेर बजेट ईभी ल्याउने भएको हो ।
कम्पनीले केहि दिनपछि हुन लागेको जापान मोविलीटी शोमा ईडब्लुएक्स नाम सानो विद्युतीय कारको कन्सेप्ट देखाउन लागेको हो । साथै, कम्पनीले इलेक्ट्रीक एसयूभी कन्सेप्ट ईभीएक्स पनि जापानमा देखाउने तयारी गरेको हो ।
सुजुकीको ईडब्लुएक्स कार वागनआरमा आधारित रहने अनुमान गरिएको छ । तर, यसको डिजाइन निकै स्टाइलिस देखिन्छ । नेक्ट जेनेरेशन वागनआर पनि यही कन्सेप्टमा आधारित हुने बताइन्छ ।
त्यस्तै ईभीएक्स कम्प्याक्ट इलेक्ट्रीक एसयूभी भने सन् २०२४ को अन्त्यसम्ममा प्रोडक्सन मोडल नै सार्वजनिक गर्ने तयारी सुजुकीले गरिरहेको छ । भारतमा भएको अटो एक्स्पो २०२३ मा ईभीएक्स प्रदर्शनी गरिएको थियो ।

सुजुकीले सन् २०२० मै वागनआरलाई इलेक्ट्रीक बनाउने खबरहरु बाहिर आएको थियो । तर, कोभिड १९ संक्रमण र अन्य धेरै कारण कम्पनीले त्यतिबेला योजना स्थगित गरेको थियो । सुजुकीको ईभी प्लान अब भने सार्वजनिक हुन थालेको हो ।
आगामी जापाना मोबिलीटी शोमा देखाउने इलेक्ट्रीक मिनी वागन ईडब्लुएक्सको लम्बाई ३३९५ एमएम, चौडाई १४७५ एमएम तथा १६२० एमएमको उचाई हुनेछ । यो कारको रेन्ज २३० किलोमिटरको हाराहारीमा हुने अनुमान गरिएको छ ।


