काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड ट्राइम्फले भारतीय बजारमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । ट्राइम्फ इन्डियाले स्क्र्याम्बलर डिजाइनमा ट्राइम्फ 400X मोटरसाइकल सार्बजनिक गरेको हो ।
ट्राइम्फ स्क्र्याम्बलर 400X मा ३९८ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीडकूल्ड इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० ब्रेकहर्स पावर र ६५०० आरपीएममा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लीपर र असिस्ट क्लचसँगै ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
ट्राइम्फको नयाँ मोटरसाइकलमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ‘राइड वाय वायर थ्रोटल सिस्टम’, ट्रयाक्सन कन्ट्रोल, डुवल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।
कम्पनीले यसमा युएसबी पोर्ट, फ्रन्ट ह्वीलमा स्वीचेवल एबीएस, लामो ह्यान्डलबार, लामो ह्वीलबेस र ट्राभल सस्पेन्सन दिएको छ । अफरोडमा पनि राम्रो पर्फमेन्सको लागि कम्पनीले निकै राम्रा फिचर यसमा दिएको देखिन्छ ।
ट्राइम्फले 400X मोटरसाइकल तीन कलर अप्सनमा भारतमा उपलब्ध गराएको छ । यसको मूल्य भने २ लाख ६३ हजार रुपैयाँ कायम गरिएको छ ।
कम्पनीले यसमा ग्राहकले छुट्टा छुट्टै २५ थरिका अतिरिक्त एशोसरिज प्रयोग गर्न सक्नेछन् ।
भारतीय बजारमा बजाजसँग मिलेर ट्राइम्फले आफ्ना उत्पादन ल्याएको हो । त्यसैले पनि हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ट्राइम्फका उत्पादन नेपाल ल्याउने छ । त्यसको लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको कम्पनीको भनाइ छ ।

