काठमाडौं । फ्रेन्च अटामोवाइल कम्पनी रेनोले विद्युतीय कारको संख्या वृद्धि गर्ने भएको छ । कम्पनीले यहि क्रममा Renault-4 इलेक्ट्रीक क्रसओभर मोडल ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको हो ।
कम्पनीले आगामी वर्ष २ वटा नयाँ इलेक्ट्रीक मोडल बजारमा ल्याउने योजना बनाएको छ । जसमा एउटा मोडल ‘रेट्रो इन्स्पायर्ड’ the R5 सुपर मिनी हुनेछ भने अर्को Renault-4 क्रसओभर मोडल हुनेछ ।
फ्रेन्च निर्माताले एक साथ ६ वटा नयाँ मोडलका विद्युतीय कार उत्पादनमा काम गरिरहेको जनाएको छ । जसमा Renault-4 प्रमुख मोडल मध्येको एक हो ।
कम्पनीले ‘फोर’लाई सन् २०२१ जुनमै इलेक्ट्रीफाइङ स्ट्राटीजीको रुपमा प्रस्तुुत गरेको थियो । यसको पहिलो कन्सेप्ट फोरएभर ट्रफी कन्सेप्टको रुपमा सन् २०२२ अक्टुबरमा भएको पेरिस मोटर शोमा देखाएको थियो ।
कम्पनीले देखाएको सिरिज मध्ये सबैभन्दा पहिला Renault-4 बजारमा आउने छ । यसमा सिम्पल व्ल्याक ग्रिलमा इनक्लोज एलइडी हेडलाइट, भर्टिकल माउन्टेड टेललाइट्स, ट्रापेजोडियल आकारमा दिइएको पछाडिको झ्याल, बाक्लो प्लास्टीक क्लाडिङ, बक्सी ह्वीलआर्क र उच्च ग्राउण्ड क्लियरेन्स रहने छ ।
Renault-4 को लम्बाई ४१६० एमएम रहने छ भने, ह्वीलवेस २५७० एमएमको रहने छ । यसको इन्टेरियर पनि मिनीमलीस्ट डिजाइनमा तयार हुन्छ । साइज त्यति ठूलो नभएपनि क्याविन भने फराकिलो पाउन सकिन्छ । यसमा चालकसहित सजिलै ५ जनाले यात्रा गर्न सक्नेछन् ।
कम्पनीले Renault-4 सीएमएफ बीइभी आर्किटेक्चरमा बनाइरहेको छ । निकट भविष्यमा नै निसानले माइक्रा र जुकको विद्युतीय भर्सन यसमै बनाउने छन् ।
कम्पनीले Renault-4 को ब्याट्री र मोटरको बारेमा केहि जानकारी बाहिर ल्याएको छैन । तर, विभिन्न रिपोर्टहरुले प्रस्तुत गरेको आँकडा अनुसार यसले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिनेछ ।
रेनोले यसमा कम मूल्यको ब्याट्री प्रयोग गर्ने जनाउ दिएको छ । त्यहि आधारमा भन्दा Renault-4 मा फ्रान्समा उत्पादन हुने निकेल, म्याग्नासिस, कोवाल्ट टेक्नलोजीको ब्याट्रीको प्रयोग हुनेछ ।

