काठमाडौं । हर्विन/इकुटर इलेक्ट्रीक स्कुटरले फेस्टिभ स्कीम ल्याएको छ । कम्पनीले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित नगद छुटसहितको अफर सार्वजनिक गरेको हो ।
प्रिमियम इलेक्ट्रीक स्कुटर ब्रान्ड हर्विन तथा इकुटरको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर वर्ल्डवाइड प्रालिले २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद छुटको योजना ल्याएको हो ।
यो फेस्टिभ स्कीममा इकुटर तथा हर्विनका स्कुटर खरिद गर्दा ग्राहकले मोडल अनुसार कम्तीमा २० हजार रुपैयाँ र बढीमा ५० हजार नगद छुट पाउने छन् ।
कम्पनीले नेपाली बजारमा हर्विन तथा इकुटरका तीन मोडलका स्कुटर तथा मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार Horwin EK 1 को मूल्य ३ लाख ५५ हजार रुपैयाँ, SK 3 को मूल्य ४ लाख ५० हजार रुपैयाँ र CR 6 मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीले इकुटर ब्रान्ड अन्तर्गत ET 3 को मूल्य १ लाख ७५ हजार रुपैयाँदेखि २ लाख ४० हजार रुपैयाँ, E 5 को मूल्य ६ लाख ९० हजार रुपैयाँ र E 2 को मूल्य ४ लाख २० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।


