काठमाडौं । टीभीएस एनटर्क ओनर्स ग्रुपले एनटर्क १२५ को माइलेज क्याम्प सम्पन्न गरेको छ । पोखरामा भएको उक्त माइलेज क्याम्पमा एनटर्कले ६३.३ किलोमिटर माइकलेज दिएको हो ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जना राइडर सहभागी रहेका थिए ।
गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज ¥यालीजस्ता विभिन्न कार्यक्रमहरु भएको कम्पनीले जनाएको छ ।
उक्त माइलेज क्याम्पमा राइडर विन्दुराज घिमिरेले एक लिटर पेट्राेलकाे प्रयोगमा ६३.३ किलोमिटर चलाएर प्रथम पुरस्कार जित्न सफल भएका थिए भने ५७.६८ किलोमिटर चलाएर प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर चलाएर मोहन काफ्ले तेस्रो भएका थिए । आयोजकले माइलेजका बिजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो ।

