हुन्डाईले इलेक्ट्रीक कारको मूल्य १० प्रतिशत कतौती गर्दै

काठमाडौं । हुन्डाईले आफ्नो इलेक्ट्रीक सेडान कार IONIQ 6 को मूल्य १० प्रतिशतसम्मले कटौती गर्ने भएको छ । कम्पनीले अमेरिकी बजारबाट मूल्य कटौतीको घोषणा गरेको हो ।

विश्वभर विद्युतीय कारको मूल्यमा तिब्र प्रतिस्पर्धा चलिरहेको समयमा हुन्डाईले पनि आफ्नो प्रिमियम सेडानको मूल्य कटौती गर्ने घोषणा गरेको हो । सन् २०२४ मोडलबाट लागु हुने नयाँ मूल्य ४ हजार १०० डलरसम्मले कटौती गर्न लागेको हो ।

कम्पनीले IONIQ 6 को इन्ट्री भेरियन्ट ३८ हजार डलरमा नै बिक्री गर्नै घोषणा गरेको हो । त्यसैगरी लङ रेन्ज मोडलको मूल्य पनि घटाएर ४३ हजार ६०० डलर बनाउने घोषणा गरेको छ । यसअघि यसको मूल्य ४७ हजार डलर थियो ।

IONIQ 6 को टप भेरियन्टहरु लिमिटेड रियरह्वील ड्राइभ र अल ह्वील ड्राइभ भर्सनको मूल्य भने २ हजार ४५० डलर कटौती गर्ने निर्णय गरेको हो ।


Back_to_top